Sunday, August 8, 2010

कालीगण्डकी विद्युत् मर्मत गर्न ५ दिन लाग्ने, ८ घन्टे लोडसेडिङ जारी

         स्याङ्जा २३ साउन । नेपालको सबैभन्दा ठूलो जलविद्युत् गृह मर्मतको काम सम्पन्न गर्न अझै पाँच दिन लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत् विभागका अनुसार विद्युत्गृह मर्मतका लागि एक हप्ताको कार्ययोजना सार्वजनिक गरिए पनि विद्युत्गृहमा थप मर्मत गर्नुपर्ने भएपछि अझै पाँच दिन लाग्ने भएको हो ।

विद्युत इलेक्ट्रिकल इन्जिनियर गीरबहादुर केसीका अनुसार गत सोमबार मध्यान्ह १२ बजेबाट पूर्णतः विद्युत्गृहको उत्पादन बन्द गरी मर्मतका काम सुरु गरे पनि त्यहाँ प्रयोग गरिएको इन्लेट भल्भुमा थप समस्या देखिएकाले त्यसको मर्मतका लागि थप समय लाग्ने भएको हो ।
'टर्वाइनको ब्यालेन्सlङ पाइप मर्मतका लागि एक हप्ताको समय लिएर मर्मतको काम सुरु गरेका थियौं' इन्जिनियर केसीले भन्नुभयो- 'तर त्यहाँ प्रयोग गरिएको इन्लेट भल्भमा थप चुहावट भेटिएकोले सो पूरा हुन अझै ४
५ दिन लाग्छ ।'
कालीगण्डकी ुएु को मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणले गत सोमबारबाट एक हप्ताका लागि लोडसेडिङको समय ८ घण्टा बढाएको थियो । निर्धारित समयमा मर्मतको काम नसकिएपछि लोडसेडिङको समय अझै बढ्ने निश्चित भएको कर्मचारीहरुले बताएका छन् ।
कालीगण्डकीबाट कुल १४४ मेगावाट विद्युत् उत्पादन हुने गर्दछ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home