Saturday, July 24, 2010

पुष्पलाल स्मृतिमा रक्तदान

(लोकनाथ मरासिनी)

     स्याङ्जा, साउन ६ - नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३२ औ स्मृति दिवसको अवसर पारेर युवा संघ स्याङ्जाले सदरमुकाम पुतलीबजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान जिवनदान माहादानु भन्ने मुल नाराकासाथ भएको रक्तदान कार्यकक्रममा नेकपा एमाले स्याङ्जाका उपसचिव सुधिर पौडेल रामचन्द्र भटटराई मोहन रेग्मी लगायत ४७ जना व्यक्तिले रक्तदान गरेका थिए ।
प्रत्येक वर्ष पुष्पलाल दिवस पारेर रक्तदान कार्यक्रम गर्दै आइरहेको युवा संघ जिल्ला कमिटि स्याङ्जाले अहिलेपनि रक्तदान गरेको अध्यक्ष राम बहादुर बताए । रक्तदान कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष चक्रबहादुर पराजुली युवा संघ जिल्ला अध्यक्ष रामबाहादुर गुरुङ् युवा संघ स्याङ्जाका उपाध्यक्ष सन्तोष के।सी सचिव दामोदर तिवारी लगायत बोलेका थिए । विहानभरी परेको पानिको समेत कुनै प्रवाहा नगरी रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्ने सबैलाई युवा संघ स्याङ्जाले आभार प्रकट गरेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home