Sunday, August 8, 2010

प्रधानमन्त्री छौनोट प्रकृया फेर्न युवाहरुको माग

(लोकनाथ मरासिनी)
           प्रधानमन्त्री छान्न पटक पटक व्यवस्थापिका संसद असफल भएको भन्दै स्याङ्जाका युवाहरुले प्रधानमन्त्री छौनोट प्रकृया फेर्न माग गरेका छन् । त्रिभुवन आर्दश बहुमुखि क्याम्पस स्याङ्जाका विद्यार्थिहरुको नेतृत्वामा जिल्ला प्रशासन कार्यलय स्याङ्जा मार्फत सभाअध्यक्ष सुभासचन्द्र नेम्वाङ्लाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् ।
पटक पटक व्यवस्थापिका संसदमा भएको निर्वाचनमा फोहरी खेल सुरु भएको भन्दै नियामावलि संसोदन गरेर भएपनि सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने माग गर्दै उनिहरुले प्रमुख ३ दल अब असफल भइसकेको बताएका छन् । लगातारको निर्वानले गर्दा अन्तराष्ट्रिय स्तरमा समेत आफनो देशको सन्देश नकरात्मक गएको भन्दै युवा पुस्तालाई मैका दिए छिनभरमै विवाद अन्तय गर्ने दाबि समेत युवा विद्यार्थीहरुको रहेको छ । ज्ञापन पत्र बुझदै साहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले आफु ज्ञापनपत्र प्रति सकरात्म रहेको र आजै सभाअध्यक्ष समक्ष पुराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्रिभुवन आदर्श बहुमखि क्याम्पसका विद्यार्थीहरु विष्णुहरी उपाध्याय विनोद गौतम राजन पोखरेल विष्णु अर्याल लगायतको सकि्रयतामा उक्त ज्ञापपत्र बुझाइएको हो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home