Sunday, October 10, 2010

अक्षयकोषबाट आर्थिक साहायता तथा सम्मान

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा २५ - स्व. कुलबहादुर र शेरबहादुर रानाभाट स्मृती अक्षयकोषबाट आइतबार स्याङ्जाको भाटखोला भित्र रहेका अपाङ्ग अशक्त बिपन्न परिवारलाई आर्थिक सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाविस भित्र रहेका १२ अपाङ्ग अशक्त तथा बिपन्न परिवारका सदस्यलाई जनहि ५ सय रुपैयाँका दरले र गाविस भित्र रहेका जेष्ठ २ नागरिकलाई आज सम्मान गरीएको हो ।

 अक्ष्यकोष स्थापना भएको तेस्र वर्षमा सहयोग वितरण तथा सम्मान कार्यक्रम तेश्रो रहेको जनाइएको छ । भाटखोला गाँउ विकास समिति वडा नं. ३ साहुथरमा एक कार्यक्रमका विच संस्थापककी आमा झुमादेवी रानाभाटले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो भने एमाले गाउँ कमिटि अध्यक्ष ज्ञानबहादुर रानाभाट र राप्रपाका टेकनाथ लामिछानेले जेष्ठ नागरीकलाई सम्मान गर्नुभएको थियो ।

कोषका संरक्षक बलबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेतबहादुर रानाभाट शान्ति रानाभाट धनश्री रानाभाट दिलबहादुर रानाभाट ईमबहादुर रानाभाट लगायतले बोल्नुभएको थियो । संस्थापकका छोरा सागर रानाभाटले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन संस्थापक रेशमलाल रानाभाटले गर्नुभएको थियो । सोहि कार्यक्रममा संरक्षक ज्ञानबहादुर रानाभाटले अक्षयकोषमा नगद १० हजार टेकनाथ लामिछानेले १ हजार मिनबहादुर रानाभाटले १ हजार डिलबहादुर रानाभाट प्रेमबहादुर रानाभाट इमबहादुर रानाभाटले ५\५ सयका दरले रकम जम्मा गर्नुभएको थियो । २०६५ सालदेखि सुरु भएको अक्षयकोषमा आजसम्म कुल ७४ हजार ९ सय ६६ रुपैयाँ जम्मा रहेको संस्थापक रेशमलाल रानाभाटले जानकारी दिनुभएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home