Sunday, October 10, 2010

मनकुमारी–केदार पुरस्कार सुकुमलाई

प्रकाश डोटेल स्याङ्जा–२५, असोज
मनकुमारी–केदार शर्मा ढकाल प्रतिभा पुरस्कारबाट यस वर्ष साहित्यकार समालोचक सुकुम शर्मा पुरस्कृत भएका छन्। १५ हजार राशीको यस साहित्यक पुरस्कार स्याङ्जा जिल्लाकै ठुलो पुरस्कार हो। शर्मालाई भाषा साहित्यमा योगदान पुर्‍याएबापत यो पुरस्कारबाट सम्मान गरीएको हो। मनकुमारी केदार शर्मा पुरस्कार सम्मान प्रतिष्ठानले प्रतेक दुई, दुई वर्षमा यो पुरष्कार वितरण गर्दै आएको छ।
 पहिलोपटक यस पुरस्कारबाट साहित्यकार घनश्याम ढकाल सम्मानित भएका थिए। यसपटक शर्मालाई रु १५ हजार रकम सहित ताम्रापत्र र दोसल्ला ओढाएर गजलकार ज्ञानुवाकर पौडेलले सम्मान गरेका थिए। स्याङ्जामा जन्मिएर भाषा साहित्यमा योगदान पुर्‍याउने व्यक्तिलाई यस पुरस्कार वितरण गरीने गरेको छ।
साहित्यसँगै प्रत्येक वर्ष एस.एल.सीमा नेपाली विषयमा बढि अंक ल्याउने छात्रछात्रालाई पनि सम्मान गरीन्छ। जनहि २५ सय रुपैँयाले सम्मान गरीने यो पुरस्कारबाट २०६५ सालमा र २०६६ सालमा उतकृष्ट हुनेलाई एकैपटक वितरण गरीयो।
यसरी पुरस्कार पाउँनेमा अर्मादी आवासिय मावि वालिङकी अस्मिता काफ्ले, कालिका आर्दश मावि सेती दोभानका अनुप ढकाल, प्रधुम्न पनेरु उच्च मावि रङगेठाटीका रविन्द्र पौडेल, कालिगण्डकी पव्लिक स्कुल मिर्मीकी रमा पाण्डे छन् ।
सोहि अवसरमा लक्ष्मि काफ्लेको 'पिडाबोधमा तड्पिएको मन' गजल संग्रह राम तामाङको 'अतितका पलहरु विविध संग्रह' विमोचन गरिएको थियो। उक्त कृतिहरुलाई क्रमश ज्ञानुवाकर पौडेल र डाक्टर महेश्वर शर्माले विमोचन गरेका थिए।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home