Friday, December 31, 2010

संविधान निर्माणका लागि जनदबाब आवश्यकः उपराष्ट्रपति झा

प्रकाश डोटेल स्याङ्जा–१५,पौष
उपराष्ट्रपति परमानन्द झाले जनअपेक्षा अनुशार तोकिएको समयमा संविधान निर्माणका लागि जनदबाब सृजना गर्न नागरिकसँग आग्रह गरेका छन् । संविधान निर्माणमा जुटनुपर्ने समयमा दलहरु संविधान बनाउनमा केन्द्रित नदेखिएकोले जनदबाब आवश्यक भएको बताएका हुन् । दलहरुसँग जनताको ठुलो अपेक्षा भएको हुदा अपेक्षा अनुरुप काम गर्नुपर्ने उपराष्ट्रपति झाले बताए । जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–६ गुँडिखोला स्थित श्री १००८ चम्फागिरीको ९३ औं जन्मदीनको अवसरमा सन्यास आश्रममा पौष ८ गतेदेखि शुरु भएको श्रीमद्भागवत महापुराणको समापन समारोहलाई सम्बोधन गर्दै झाले संविधान लेखनलाई प्रथमिकता दिन राजनितिक दलहरुलाई आग्रह गरे ।
हामी जुन धर्ममा आस्था राखेपनि सबै धर्महरु नेपाल र नेपालीको प्राण भएको कुरा जोड दिर्दै उपराष्ट्रपति झाले भने, सनातन धर्म ऐतिहाकिस तथा पुरानो हो । उपराष्ट्रपति झाले धार्मिक र संस्कृतिक परम्परालाई जोगाउन सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको बताए । उनले, एकसय ५० वर्ष पुरानो आश्रम विकास तथा समुन्नतको आधार भएको बताए । श्रीमद्भागवत महापुरण समापनका अवसरमा देशका विभिन्न भागमा रहेर हिन्दुधर्म मार्फत मानव तथा समाज विकासमा महत्वपुर्ण योगदान पु¥याउने करिव एक दर्जन धार्मिक व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
श्रीमद्भागवत महापुराणको समापन पुर्व उपराष्ट्रपति परमानन्द झाले श्री १००८ चम्फागिरी सन्यास आश्रमको नवनिर्मित प्रवेशद्धारको समेत उदघाटन गरेका थिए । प्रवेशद्धार आश्रममा संकलन गरिएको करिव ४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
श्रीमद्भागवत महापुराण मुल आयोजक समितिका अध्यक्ष राजु थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, आश्रमका स्वामी गोविन्द गिरि, कुमार राना लगायतका वक्तहरुले बोलेका थिए । उपराष्ट्रपति झा जिल्ला आउँदा जनपथ र सशस्त्र सहितको सुरक्षा अंगलाई व्यापक रुपमा परिचालन गरि सुरक्षा व्यवस्था गरिएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home