Thursday, January 6, 2011

व्यटिपार्लर व्यवसायी संघ स्याङ्जाको साधारणसभा सम्पन्न

पोखरा, २१ पुस -व्युटिपार्लर व्यवसायि संघ स्याङ्जाको साधारणसभा तथा पहिलो अधिवेसन वालिङमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गुरुङ व्युटि एकेडमिका अध्यक्ष चिनु गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सौन्दर्यकर्मीहरु आफ्नो हक तथा अधिकारकालागी एकजुट भएर लाग्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

सोहि अवसरमा व्युटिपार्लर व्यवसायी संघको पहिलो अधिवेसनले पन्जु गुरुङको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा सुष्मा श्रेष्ठ, सचिव लिसु अधिकारी, सह सचिव जुनुथापा, कोषध्यक्षमा सुनिता पौडेल, सह कोषध्यक्षमा तुलसी गुरुङ रहनु भएको छ ।
त्यस्तैगरि सदस्यहरुमा शान्ति राना पुजा गुरुङ झमति गुरुङ मिनु थापा जिना थापा रहनु भएको छ । दुर्गा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेयर ड्रेसर शम्भु लिम्वु, गुरुङ हर्वल व्युटी पार्लरका बविता केसी, लगायतले कार्यक्रममा वोल्दै आधारभुत प्रस्तुतिहरु प्रस्तुत गरीएको थियो । कार्यक्रममा ८० जनाभन्दा वढी व्युटीसीयनहरुको सहभागीता रहेको थियो ।  कार्यक्रममा वरिष्ठ व्युटीसीयन चिनु गुरुङलाई सम्मानपत्र सहित सम्मान समेत गरीएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home