Wednesday, April 7, 2010

वाईसीएलद्वारा मात्रिका माओवादी नेतृत्वको घरमा आक्रमण


स्याङजा , चैत्र २५ - वाईसीएलले थुमपोखरास्थित भैसेखोलामा मात्रिका यादव नेतृत्वको माओवादीका जिल्ला इन्चार्ज भिम प्रसाद चापागाईको घरमा आक्रमण गरेका छन् । २०/२५ जनाको समूहका वाईसीएलले मंगलबार राति चापागाईको घरमा आक्रमण गर्दा उनको परिवारका सदस्य सहित ५ जना घाइते भएका छन ।

चापागाईका बुबा हुमकान्त , आमा यामकला , दाजु घनश्याम कान्छा बुबा लक्ष्मणप्रसाद र छिमेकी कृण्णप्रसाद चापागाई आक्रमणबाट घाइते भएका छन् ।


घाइतेमध्ये घनश्याम र कृण्ण प्रसाद गम्भीर छन् । उनीहरुलाई उपचारार्थ पोखरा लगिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

यसैबीच उक्त पार्टीको स्याङजा जिल्ला संगठनले एक प्रेस बिज्ञप्ती जारी गरि घटनाको भत्र्सना र दोषी उपर कारवाहीको माग गरेको छ ।

विज्ञप्तीमा बैचारिक रुपमा प्रतिरोध गर्न नसकेर माओवादीका तारा भुषालको निर्देशन र वाईसीएल जिल्ला इन्चार्ज किरणको नेतृत्वमा घटना घटाइएको दाबी गरिएको छ । बिज्ञप्तीमा अगाडी लेखिएको छ, 'घटनामा संलग्न दोषीलाई कडा कारवाही नगरे प्रतिकार गछौर्ै ।'

तर माओवादीका जिल्ला इन्चार्ज रमेश सिग्देलले आफूहरुको उक्त घटनामा कुनै संलग्नता नरहेको जनाएका छन । उनले कुनै पनि ब्यक्तिले पार्टी संगठन गर्नु उसको ब्यक्तिगत स्वतन्त्रता रहेको उल्लेख गरे ।
बसन्ती बाँस्तोला

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home