Monday, May 17, 2010

परिचयात्मक अन्तक्र्रिया कार्यक्रम

        खानेपानी, सरसफाइ र स्वास्थ्य (वास) योजना अन्तर्गत चण्डिभञ्ज्याङ गाउँ विकास समितिको आयोजना र विकासशील समाजका लागि वातावरण संरक्षण समिति (विसवास) स्याङजाको सहयोगमा परिचयात्मक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जाको अत्यन्तै विकट स्याङ्जा सदरमुकामबाट करिब १०० किलोमिटर पश्चिम पर्ने उक्त गाविसमा खानेपानी समस्या समाधान गर्ने उद्देश्यले वास योजनाको अनुसन्धानमूलक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा खानेपानी, सरसफाई र स्वास्थ्य सम्बन्धी विविध विषयमा अन्तक्र्रिया गरिएको थियो ।
 स्याङ्जास्थित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, आयोजक संस्था, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय सर्वसाधारण, पत्रकार लगायतको उपस्थितिमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले चण्डिभञ्ज्याङ गाउँविकास समिति स्याङ्जाको अत्यन्तै विकट भएकोले खानेपानी तथा सरसफाईका क्षेत्रमा विविध समस्या झेल्नुपरेको बताएका थिए । उनीहरुले विकट भएकै कारणले चण्डिभञ्ज्याङको आवाज कसैले बोल्न नसकेको भन्दै सञ्चारमाध्यमले आवाज विहिनको आवाजलाई समेट्नुपर्नेमा जोड दिएका थिए । कालीगण्डकी ए जलविद्युत परियोजना प्रभावित क्षेत्र भएर पनि अन्य समस्याका अतिरिक्त विद्युत उपभोगबाट पनि कैँयौ ठाउँका बासिन्दा वञ्चित रहेको उनीहरुको गुनासो रहेको थियो । विसवासको वास योजना १८ महिनामा सम्पन्न गर्ने गरी प्रयोगको लागि पानी, स्वास्थ्य, सरसफाई र गरिबिको आधारमा अत्यन्त नाजुक अवस्था रहेका स्याङ्जाका ७ वटा गाविसमा लागु गरिएको विसवासका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो । उक्त कार्यक्रम साँखर, सेखाम र केवँरेभञ्ज्याङ गाविसमा सरकारी निकायबाट र चण्डिभञ्ज्याङ, क्याक्मी, आलमदेवि र चित्रेभञ्याङमा गैरसरकारी संस्था महासंघको सहयोगबाट सञ्चालन गरिएको हो ।

(स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home