Wednesday, June 16, 2010

विश्वकप हेर्दै बाजी मार्दै

        स्याङ्जा-, अषाढ २ - विश्वकप फुडबल खेल चल्दै गर्दा कुन देशले जित्छ भनेर घर-घरमा बाजी मार्ने खेल सुरु भएको छ । एउटा टिम खेलेर सक्नासाथ अर्काको पालो नआउँदै जिल्लाबासी कुन देशको टिमले जित्छ भनेर बाजी ठोक्न थालेका हुन् ।

साथि साथिविच हुने बाजि मार्ने खेल अहिले आमाछोरी बावुछोरा र दिदिभाई दाजुबहिनी विच पनि हुन थालेको छ । घर घरमा टिभि भएपछि उनीहरु परिवारसँगै फुटवल खेल हेरेर बाजी थाप्न थालेका हुन् । यसरी बाजी थाप्ने चलनले खेलमा रौनकता थपेको टंक खनालले बताए । उनले भने 'विरामी भएको छोरालाई समेत विश्वकप नहेरी हुदैन उसलाई आफ्नो रोगकोभन्दा बढि चिन्ता आफ्नो सर्मथकको खेलाडीको छ ।'
यसरी आफ्नो भन्दा बढि चिन्ता विश्वकप खेलको मान्ने विद्यार्थी छन् । ८ वर्षदेखि ८० वर्षसम्मका बृद्ध पनि अहिले खेलको बहसमा जुटेका छन् । बहस मात्र हैन उनीहरुले बाजी मार्ने र बाजीमा कपडा किनिदिने या पैसाको संम्झौता हुने गरेको नमिरा मियाले बताईन । साथिहरुविच भएको यस्ता बाजिमा भने सर्मथन गरेर हार्नेले पार्टी खुवाँउनु पर्ने नियम लागु भएको छ । यसपाला कहिल्यै फुटबल नहेर्ने गृहेणीलाई समेत खेलले छोएको गिता पोख्रेलले बताईन । उनले भनिन 'छोरी कुन देशले जित्छ भनेर दुईटा टिमको अवसन दिन्छे नहेरी भएन ।' छोरीले कुन टिमले जित्छ ममी भन्नु भनेपछि खेल नछुटाई हेरेकी छिन् । यसरी छोराछोरीलाई खुशी पार्न पनि खेल हेर्नेको संख्या बढ्दो छ । चोक, घर र कार्यलयमा समेत अहिले विश्वकपकै चर्चा भएको छ । यस्ता चर्चाका कारण धेरै ज्ञान हासिल गरेको पोख्रेलले बताईन । अरुको सामु लाजै हुने कारण पनि चाख नलाग्ने समेत खेल हेर्न थालेका छन् । सुचना र सञ्चारले विश्व नै सानो भईरहेको अवस्थामा सवै देशको गतीविधि र प्रगती थाहा पाउनु पर्ने उनको धारणा छ । खेल हेरेपछि धेरै खेलाडी र देशको नाम समेतको चर्चा हुने गरेको उनले बताईन ।
यस्ता खेलमा धेरैको सर्मथन एसियाली देश जर्मन, कोरीया जस्ता टिमलाई हुने गरेको छ । ति देशका कपडा, विद्युतीय सामान प्रयोग गर्दै आएका ग्राहक खेलमा पनि कोरीया र जापान अगाडि पुगेछ भन्दै चर्चा गरीरहेका छन् । मंगोलियन अनुहार भएका यसियाली खेलाडी भएका कारण पनि साहानुभुतिको सर्मथन जापान र कोरियालाई भएको दर्शकले बताए ।

बसन्ती बाँस्तोला (Kantipur)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home