Friday, June 11, 2010

ठूला दलका अडानले देश दलदलमा फसेको छ -राप्रपा नेपाल नेता गुरुङ

जेष्ठ २७, स्याङ्जा -

ठूला ३ राजनितिक दलका आ-आफ्नै अडानका कारण देश दलदलमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता तथा सभासद चन्द्रबहादुर गुरुङले आरोप लगाउनुभएको छ ।
ठुला भनाउदा दलहरु अहिले विदेशीको इसारामा चलिरहेको आरोप लगाउदै ६०१ जना सभासद्को अब कुनै औचित्य नरहेको भन्दै भत्ता खाँदै राष्ट्रलाई आर्थिक भार मात्रै बनाएर नबसेपनि हुने तर्क गर्नुभयो ।
जनप्रदिप उच्च माध्यामिक विद्यालय चिलाउनेवास ३ स्याङजाको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको समारोहलाई सम्बोधन गर्दै सभासद गुरुङ्ले विश्वले मानेको हिन्दु राज्य नेपाललाई केहि विदेशीको इसारामा विदेशी धार्मको बाहुल्यता बढाउने षडयन्त्र पूर्वक धर्म निरपेक्ष राष्ट्र घोषणा भएको भन्दै यसमा नेपाली जनताहरु चुप लागेर बस्न नहुने समेत बताउनुभएको थियो ।
विद्यालय व्यवस्थापन समतिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ नगर विकास समिति स्याङजाका अध्यक्ष मदनबहादुर कार्की लगायतले बोल्नुभएको थियो । विद्यालयका प्रचार्य कृष्ण पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावि कार्यक्रमहरु प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक निरज भट्टराईले गर्नुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home