Monday, June 28, 2010

जिल्लाका पत्रकारहरुको अवस्था माथि उठन नसकेको गुनासो

स्याङ्जा, असार १४ - जिल्लामा पत्रकारहरुको अवस्था माथि उठन नसकेको आज स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जिल्लामा आम संचारको स्थिति र स्थानिय समन्वय समितिको भुमिका विषयक गोष्ठिमा बोल्ने बत्ताहरुले स्याङ्जाबाट दर्जनै व्यवसायिक पत्रकारहरुले राजधानिबाट प्रकाशित तथा प्रसारित आम संचार माध्यम तथा स्थानिय संचार माध्यामहरुबाट जिल्लाबासीलाई निर्वाध ढंगले सुचना सम्प्रेषण गरीरहेको भएपनि पत्रकारको आर्थिक समाजिक अवस्था प्रति स्थानीय निकाय गम्भिर नदेखिएको आरोप समेत लगाइएको थियो ।
कार्यक्रममा स्थानिय रेडियो र पत्रपत्रिकालाई विज्ञापन निदिई कमिशनको लोभमा जिल्लाका विज्ञापन राजधानीको निश्चित व्क्ति र विज्ञापन एजेन्सीहरुलाई दिने गरेको भन्दै यहि रबैयाका कारण लामो स्थानिय संचार माध्यामहरु लामो समय टिक्न नसक्ने अवस्थामा पुगेको गुनासो समेत गरीएको थियो । कार्यक्रममा सहभागिहरुले जिल्लामा अबैधानिक ढंगले केवुलहरु संचालनमा रहेको थाहा हुदाहुदै पनि संबन्धित पक्ष मैन रहेको आरोप लगाए । जिल्लमा २२ टेलिभिजन प्रसारण संस्थाले इजाजत प्रप्त गरी केबुल लाईन विस्तार गरेको तथ्याकंमा रहेको छ भने अन्य दर्जन जति टेलिभिजन प्रसारण संस्थाले अबैधानिक ढंकले संचालन गरीरहेका छन् । जिल्लामा आम संचारको स्थिती र स्थानीय समन्वय समितिको भुमिकाको विषयमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष ओमप्रकाश शर्माले तथा जिल्लामा केवुल प्रसारणको अवस्था र नियमन विषयमा जिल्ला हुलाक कार्यलय स्याङ्जाका प्रमुख जितेन्द्रजंग के।सी ले कार्यपत्र प्रस्तुत र्गुभएको थियो । गोष्ठिमा प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वली प्रहरी नायव उपरिक्षक उत्तम राज सुवेदी विभिन्न राजनितिक दलका प्रतिनिधि पत्रकार तथा संचारकर्मि जिल्लाका सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला हुलाक कार्यलय स्याङ्जाको आयोजनामा संचालित उक्त कार्यक्रमको संचालन राधाकृष्ण डुम्रेले गर्नुभएको थियो ।

(लोकनाथ मरासिनी)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home