Saturday, June 26, 2010

अन्तरजातिय विवाहीत जोडलाई चेक हस्तान्तरण

स्याङ्जा १० असार ।

        अन्तरजातिय विवाह गर्ने जिल्लाका २ जोडीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत विहिबार एक कार्यक्रमका विच १÷१ लाखको चेक हस्तान्तरण गरिएको छ ।
सामाजिक कुसस्कारलाई चुनौती दिर्दै जिल्लामा ५ जोडीले हालसम्म विवाह गरेका छन् । ५ जोडीले विवाह गरेको भएपनि आज २ जोडीले प्रोत्साहन स्वरुप राज्यले विनियोजन गरेको रकम पाएका हुन् ।स्याङ्जामा मेघबहादुर विक सीता सेवेदी भविश्वर विक ईन्जुलाकुमारी क्षेत्री श्यामबहादुर राना सविता विक सन्तोष कामी अनिता गुरुङ् र अर्जुन गोर्खाली अनिता आले रहेका छन् । विवाह गरेको ३० दिनभित्रमा जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गरेकालाई मात्रै सो रकम प्रदान गरिने व्यवस्था रहेको छ ।
चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीलले जातीय आधारमा हुने घटना र सामाजिक सद्भाव कायम राख्नको लागि प्रोत्साहन स्वरुप रकम दिने व्यवस्था गरेको बताउनुभयो । उहाँले रकमलाई उत्पादनशील क्षेत्रमा लगान समेत आग्रह गर्नुभयो । विवाहीत अन्य जोडीलाई सम्पर्कमा आएपछि रकम हस्तान्तरण गरिने भएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home