Wednesday, June 23, 2010

स्याङ्जाको साखरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा

प्रकाश डोटेल

स्याङ्जा, ८ असार ।
      स्याङ्जाको दक्षिण भेग तनहुं र नवलपरासी जिल्लाको सिमानामा रहेको साखर गाउ विकास समितिलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरीएको छ । गाउलाई दिशामुक्त भएपछि स्थानिय बासिन्दामा खुसियाली छाएको छ ।
जिल्ला विकास समिति स्याङ्जाको अयोजना तथा पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाइ तथा स्वाथ्य कार्यक्रमको सहयोगमा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्र्तगत साखर गाविसलाई जिल्लाको दोस्रो खुल्ला दिशा मुक्त गाविस घोषणा गरीएको हो । यस सेखाम गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको थियो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेल तथा परियोजनाका प्रतिनिधिहरुको सक्रियतामा खुला दिशामुक्त क्षेत्र घोषणा गरीएको हो । कार्यक्रममा परियोजनाका तर्फबाट विशेषज्ञ अमृत राई, विभिन्न राजनितिक दलका प्रनिधिहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।
खुल्ला दिशामुक्त गाउा बिकास समिती घोषण गर्न सााखरमा ७ सय ८३ कच्ची र १ सय ८२ पक्की गरी १ हजार ५० चर्पी निर्माण गरिएका छ । अभियान पुर्व साखरमा ८५ चर्पी रहेको गाउ बिकास समिती सचिब राजुप्रसाद मरासिनी बताउनुभयो ।
खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि यस वर्ष स्याङ्जाका ७ गाउ बिकास समिती छनौट गरिएको छ । जिल्लाका एकैसाथ छनौट गरी कार्यक्रम लागु गरिएको गाविसमा चित्रेभज्याङ्, सेखाम, क्याक्मी, आलमदेवी, चण्डिभज्याङ्, केवरे र सााखर रहेका छन् ।
हाल दुई गाविसलाई दिशा मुक्त क्षेत्र घोषण गरिएपनि असार मसान्त भित्रमा बाकी ५ गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिने ग्रामिण सरसफाई कार्यक्रमले लक्ष्य लिएको छ भने २०१७ साल भित्र स्याङ्जा जिल्लालाई खुल्ला दिशा मुक्त गर्ने भएको हो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home