Wednesday, June 23, 2010

एकै गाविसका १२ जना एचआइभी सङ्क्रमित

स्याङ्जा, ८ असार ।

                स्याङ्जामा एउटै गाविसमा १२ जना एचआइभी सङ्क्रमित भएको भेटिएको छ । पश्चिम स्याङ्जाको श्रीकृष्णगण्डकी गाविसमा मात्रै १२ जना सक्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको हो । एचआइभी सङ्क्रमितको पुनःस्थापना तथा सहयोगका काम गर्दैआएका गैरसरकारी संस्था सङ्कल्प सहयोग समूह र बहुउद्देश्यीय सामुदायिक विकास समाज संस्थाको पहलमा गाविसमा साचालित एचआइभी?319;ड्स समन्वयसम्बन्धी गाविसस्तरीय छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।
सङ्कल्प सहयोग समूहका कार्यक्रम निर्देशक लक्ष्मण खाँणले जिल्लाका सबैभन्दा जोखिममा पकवादी खिलुङदेउराली श्रीकृष्णगण्डकी रत्नपुर कुवाकोट दहथुम केवरे राङ्भाङ् जगत्रदेवी तीनदोवाटे कालिकाकोट आलमदेवी स्वरेक पेलाकोटलगायत गाविस रहेको बताउनुभयो ।
स्याङ्जामा मात्रै सम्पर्कमा आएका सङ्क्रमितको सङ्ख्या १९० रहेको समूहका फिल्ड सहायक चन्द्र रानाले जानकारी दिनुभयो । गत माघमा जिल्लामा १ सय ५४ जना सङ्क्रमित भएको तथ्याङ्कले देखाएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home