Saturday, June 19, 2010

अरनिको माध्यामिक विद्यालय राङ्गभाङ्गको भेला सम्पन्न

अरनिको माध्यामिक विद्यालय राङ्गभाङ्ग स्याङ्जामा आज सम्पन्न एक भेलाले विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघ गठन तथा विभिन्न किसिमका छात्रवृतिहरु वितरण गर्ने निर्णय गरेको छ । सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बालकुमार गुरुङ्लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सदस्यमा पदमबहादुर थापा, कुलबहादुर थापा, नन्दकला परियार, टिकाबहादुर भुजेल, मेखबहादुर थापा, खुमबहादुर थापा, तापबहादुर थाप रहनुभएको विद्यालयले जनाएको छ ।
 आजै विरसिंह गुरुङ्को अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ जसको सदस्यहरुमा निरबहादुर थापा, शान्त वि क, विरबहादुर वि क, शुशिला गुरुङ्, ओमया गुरुङ्, ज्ञानबहादुर गुरुङ, शिबप्रसाद पौडेल, कुन्ति नेपालि , नुनबहादुर थापा, सुकबहादुर थापा रहनुभएको छ । भेलाले विद्यालयमा अध्यानरत विद्यार्थिहरुलाई प्रदान गरीने विभिन्न छात्रवृतिको निर्णय गर्नुका साथै गाविसबाट प्रप्त हुने पोसाकका लागि विद्यालयका ४३ जना विद्यार्थिहरुको नाम समेत सिफारिस गरेको छ । सम्पन्न भेलामा विद्यालयका प्रधानध्यापक हेमराज अर्यालले विद्यालयको गतिविधि बारे जानकारी दिदै आगमि रणनितिका विषयमा बोल्नुभएको थियो । विद्यालयका शिक्षक विष्णु अर्यालले स्वागत मन्तव्य राख्नुभएको भेलाको संचालन शिक्षक गोपालप्रसाद पौडेलले गर्नुभएको बताइएको

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home