Wednesday, June 16, 2010

प्रहरी र स्थानीय युवाबीच झड्प

स्याङ्जा-, अषाढ २ -

           रामबाच्छाको टोली र प्रहरीविच झडप भएको छ । झडपमा संलग्न भएको भन्दै प्रहरीले २ जना युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीको काम कारबाही अवरोध गरेको कारण उनीहरुलाई कानुनी कारबाहि गर्ने जिल्ला प्रहरी कार्यलयका निमित्त प्रमुख विपी पराजुलीले बताए । उनले भने 'प्रहरीमाथि अपशव्द बोलेर काममा अप्ठ्यारो पारिएको छ ।'
मंगलबार रामबाच्छाका स्थानियबासिन्दा ढालबहादुर गुरुङ गण्डकी यातायातको बसमा यात्रा गरेर पुतलीबजार आउादै गर्दा वालिङ लैजान्छु भनेको बसले पुतलीबजारमा झारिदिएको ढालबहादुरले बताए । उनले किन विचमा झारेको भनेर कराएपछि केहि युवा आएर उनलाई टा्रफिक प्रहरी कार्यलय अगाडि नै कुट्दा पनि प्रहरी चुप बसेको भन्दै आक्रोशित युवाले जिल्ला प्रशासन अगाडि प्रहरीलाई गाली गरेपछि दोहोरो झडप भएको हो । प्रशासनमा रामबाच्छाका युवा, प्रशासन र गण्डकी यातायात बस व्यवसायी समितीविच बार्ता भएको अवस्थामा बाहिर झडप भएको थियो ।
पिडित गुरुङ ७ वर्षको छोरा लिएर श्रीमतीको अप्रेसन गर्ने रकम जुटाउान घर आएका थिए । ७ वर्षको छोरा लिएर आएको कारण आफु प्रतिकार गर्न नसकी भागेको उनले बताए । गुरुङले भने 'मलाई एक किलोमिटरसम्म लखेटर कुटे ।' विहान लिएर गएको २० हजार हराएपछि उनी तनावमा घर पुन रकम खोज्न फर्केका थिए । गण्डकी यातायातको बसले वालिङ लान्छु भनेर पुतलीबजार छोडेको र त्यहि बसमा छादा नै यात्रु कुटिएको भन्दै रामबाच्छाको टोलीले गण्डकी यातायात समितीमा ताला लगाएको थियो । ताला लगाएको विरोधमा यातायात समीतीले केहि बेर सिद्धार्थ राजमार्ग अवरुद्ध गरेको थियो । तिन पक्षको बार्तापछि यातायात समितीको ताला खुलाइएको छ भने पिडितले दिएको उजुरीको आधारमा कुट्पिट गर्ने व्यक्तीलाई कानुनि दायरामा ल्याउने सहमती भएको छ ।


कान्तिपुर

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home