Monday, June 28, 2010

गाविस सचिवका क्षमता विकास सम्बन्धी गोष्ठि सम्पन्न

        गाविस सचिवका लागि क्षमता विकास सम्बन्धी २ दिने गोष्ठि स्याङ्जा सदरमुकाममा आज सम्पन्न भएको छ । आइतबार र सोमबार लक्ष्मी स्मृती सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न दुई दिने गोष्ठिमा सचिवहरुले गर्ने कार्य सम्पादन अझै प्रभावकारी बनाउने लगायतका विषयहरुमा छलफल भएको बताइएको छ । सम्पुर्ण गाविस सचिवहरुको सहभागिता रहेको गोष्ठिको समापन समारोहमा बोल्दै स्थानिय विकास अधिारी दिर्घनारायण पौडेलले यस किसिमको छलफलले गाविस सचिवहरुलाई कार्य सम्पादनमा एउटा खुडकिलो थप्ने काम गरेको विश्वास व्यत्त गर्नुभएको थियो ।
 कार्यक्रममा बोल्दै उपसचिव हुमनाथ शर्मा ढकाल तथा मोतिप्रसाद भुषलले सचिवहरुलाई सिकोका कुरालाई व्यवाहारमा उतार्न आग्रह गर्नुभएको थियो । समापन समारोहमा बोल्दै सहभागिका तर्फबाट गाविस सचिव ख्यामनारायण अधिकारीले छलफल निकै फलदायि भएको बताउनुभएको थियो । स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा सम्पन्न समापन समारोहको संचालन जिविस स्याङ्जाका अधिकृत ताराचन्द्र रेग्मीले गर्नुभएको थियो ।

(स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home