Monday, January 10, 2011

एच. आई. भि. संक्रमित प्रति भेदभाव कम गर्ने प्रतिबद्धता

(लोकनाथ मरासिनी)
स्याङ्जा, २५ पौष -  
मालुङ्गा गाउँ विकास समिति स्याङ्जाका स्थानिय अगुवाहरुले एच. आई. भि. प्रभावित तथा संक्रमितहरुप्रति हुने लान्छना तथा भेदभावलाई कम गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङ्जा सपोर्ट ग्रुपको सकरात्मक रोकधाम कार्यक्रम अन्तर्गत मालुङ्गामा आयोजित कार्यक्रममा उनिहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनिहरुले "मैले एच. आई. भि. सङ्क्रमितहरुसँग बस्दा, खादा भेदभाव गर्ने छैन, मानसिक चोट पुग्ने व्यावहार गर्ने छैन, भेदभाव घटाउने प्रयास गर्ने छु", जस्ता प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा गाविसका प्रत्यक वडाका महिला स्वयमसेवीकाहरु गाविसका संयन्त्रहरु शिक्षक विभिन्न क्लबका प्रतिनिधि संक्रमित तथा प्रभावित लगायतको सहभागिता रहेको थियो ।

एच।आई।भि एडसका बारेमा अनुभुति गराई सङक्रमितहरुलई समुदायमा बस्ने बातावरणको विकास गर्ने राम्रो व्यवहारका लागि अगुवाहरुलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम संचालन गरीएको हो ।

कार्यक्रममा गाविस सचिव डोलराज बस्याल स्थानिय स्वास्थ्य चौकिका प्रमुख डा लक्ष्मीकान्त शर्मा लागायतले बोल्नुभएको थियो । स्याङ्जा सपोर्ट ग्रुपका सदस्य मैना सेनको अध्यक्षतमा सम्पन्न कार्यक्रममा परियोजना संयोजक विजय ज्ञावलीले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने संचालन लक्ष्मी जिटीले गर्नुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home