Thursday, January 6, 2011

कालीगण्डकीमा आजदेखि ५ दिने र् याफ्टिङ् सुरु

(लोकनाथ मरासिनी)
पौष २१ स्याङ्जा  - 
 पर्यटन वर्ष २०११ को सुरुवातसँगै कालीगण्डकी नदी अन्तर्गत पहिलो पटक स्याङ्जा र पाल्पाको सीमाना राम्दीघाट देखि नवलपरासीको देवघाटसम्म र् याफ्टिङ महोत्सब २०६७ सुरु भएको छ । टे्रकिङ् एसोसियसनको आयोजना र कालिगण्डकी ग्रामीण पर्यटन बिकास समिति स्याङ्जाको सहयोगमा संचालन गरिएको र् याफ्टिङ महोत्सबको आज पश्चिमाञ्चल क्षेत्रिय प्रशासक अर्जुन बहादुर भण्डारीले र् याफ्टिङ बोटमा चढेर उद्घाटन गर्नु भयो ।
उक्त अवसरमा प्रशासक भण्डारीले मुक्तिनाथदेखि देबघाट सम्मको कालिगण्डकी क्षेत्रमा बिशेष योजना बनाएर पर्यटन पर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यस क्षेत्रको पर्यटन बिकासमा स्थानिय जनताको नेतृत्व हुनुपर्ने बताउनुभयो । त्यस्तै कालिगण्डकी ग्रामीण पर्यटन बिकास समितिका सल्लाहाकार डा।बुद्धिमान श्रेष्ठले पर्यटन बिकासमा सबैको चासो जानु पर्नेमा जोड दिनु भएको थियो ।

नदीवाट देखिने मनोरम दृश्य र स्याङजा पाल्पा तनहुँ र नवलपरासीको नदी किनारामा भएका धार्मिक स्थलहरुको दृश्य अवलोकन गराई त्यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकसित गर्ने उद्धेश्यले कालिगण्डकी र् याफ्टिङ महोत्सब २०६७ शुरु गरिएको हो ।
जलयात्राले सुन्दर पहाडहरुको खोचबाट नागबेली झैं बनेर बगेको कालिगण्डकी नदी मनेारम फाँटहरु र त्यहाँ वसोवास गर्ने स्थानीयबासिन्दाका सांस्कृतिक पहिचानका बारेमा जानकारी लिन सकिने छ ।
र् याफ्टिङ महोत्सबमा एक दर्जन र् याफ्टिङ बोट संचालनमा ल्याइएक छन् । आज राम्दिघाट देखि सुरु भएको महोत्सव ५ दिन सम्म संचालन भई नवलपरासीको देबघाटमा पुगेर २५ गते समापन हुनेछ ।
 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home