Thursday, April 8, 2010

स्याङजाको थुमपोखरा ४ स्थित गल्लीखोला भन्ने स्थानमा भिषण आगलागि

२६ चैत, स्याङजा । स्याङजाको थुमपोखरा ४ स्थित गल्लीखोला भन्ने स्थानमा विहीबार अपरान्हदेखि भिषण आगलागि भएको छ । अपरान्ह २ बजेबाट सुरु भएको आगलागि नियन्त्रण बाहिर रहेको छ ।

आगोलागि सुरु भएलगत्तै स्थानीय बासीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास गरिए पनि हुरीबतासको कारण आगो झन फैलिदै गएको छ । आगो थुमपोखरा गाउँविकास समितिको वडा नम्बर ४ नजिकैको बनक्षेत्र हुँदै वडा नम्बर १ को बन क्षेत्रसम्म पुगेको छ । आगो फैलिँदै गएपछि स्थानीय बासीहरु आगो बस्तीतर्फ जाने डरले त्रसित बनेका छन् । अहिले वडा प्रहरी कार्यालय वालिङको टोली त्यसतर्फ गएको छ । अहिले सम्म १ हेक्टर क्षेत्रफल वनक्षेत्रमा आगो फैलिसकेकेा छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home