Tuesday, April 13, 2010

जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान



स्याङ्जा-२७, चैत्र

शिक्षाको दिगो विकास विना अन्य क्षेत्रको विकास कल्पना समेत गर्न नसकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले शिक्षाको लगानी पारदर्शी हुनुपर्नेमा थप जोड दिएका छन् । जिल्लाको शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएको भन्दै स्याङ्जाका जिलला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई शुक्रबार सदरमुकाममा गरेको सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

त्यस अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष सिमा क्षेत्रीले समाजमा देखिएका दण्डहिनतालाई रोक्न राज्यले नसकेको दावी गर्नुभयो । क्षेत्रीले दण्डहिनताको अन्त्यका लागि शिक्षाको आवश्यकता औलाइन । उनले भनिन्, खराब आचरणलाई रोक्ने शिक्षा उत्तम उपाय हो । शिक्षा अधिकारी सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, उपसचिव हेमनारायण चापागाई, नेपाल राष्ट्रिय शिक्षा संगठनका अध्यक्ष यामबहादुर कुवंर, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष परशुराम लम्साल प्याब्सनका अध्यक्ष पुष्पराज बराल, भुवनबहादुर क्षेत्री, होमनाथ पाण्डे, उमाकान्त पौडेल, ख्यामनारायण अधिकारी, चन्द्रबहादुर के.सी. लगाएतका वक्ताहरुले बोलेका थिए ।
सम्मान कार्यक्रम अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य अध्यक्ष कुष्णबन्धु पौडेलको अध्यक्षता शिक्षक युनियनका सचिव राजेन्द्रदेव खनालको संचालन स्वागत र धन्यवाद ज्ञापन बुद्धिसागर त्रिपाठी र सरस्वती भट्टर्राईले गरेका थिए ।
जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । अधिकारी श्रेष्ठ विगत ३ वर्षेखि शिक्षा अधिकारीका रुपमा स्याङ्जामा कार्यरत रहेका छन् । अधिकारीको सेवा अवधि ३७ वर्षपुगेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home