Tuesday, April 13, 2010

ट्याक्सीसंगै लास भेटियो



स्याङ्जा, चैत्र ३१ - मालुङ्गा स्थित सिद्धार्थराजमार्गमाबाट करीव १० फिट तल लास भेटिएको छ । सडकमा रोकिएको ग १ ज ३९६० नम्वरको ट्याक्सी तल लास भेटिएको थियो ।
ट्याक्सीमा रहेको कागजपत्रको आधारमा उनी सोहि ट्याक्सीका चालक सुजन गुरुङ रहेको वडा प्रहरी कार्यलय वालिङले जनाएको छ । कास्कि कृष्टि घर भई हाल पोखरा विरौटा बस्ने वर्ष १८ का उनको धारिलो हतियारबाट मृत्यु भएकोले हत्या भएको प्रहरीले बताएको छ ।

उनको पेटमा खुकुरी प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । लासलाई पोष्टमार्टमको लागी वालिङमा राखिएको छ । हत्याबारे थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए । उनले भने हत्या नै हो यस्को थप अनुसन्धान भईरहेको छ ।
गुरुङको २९ गते राति नै हत्या भएको हुन सक्ने प्रहरीले बताए पनि ३० गते दिउसो यात्रुले दिएको सुचनाको आधारमा प्रहरी पुगेको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home