जनविश्वास प्राप्त नगर्दासम्म माओवादी सकार बन्न सक्दैनः राज्यमन्त्री खड्का
April 17, 2010
जनविश्वास प्राप्त नगर्दासम्म माओवादी सकार बन्न सक्दैनः राज्यमन्त्री खड्का
वालिङ, ३ वैशाख। स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले जनविश्वास गुमाएको माओवादीले जनतालाई विश्वास दिलाउन नसक्दासम्म माओवादीको नेतृत्वमा सरकार बन्न नसक्ने वताउनु भएको छ। उहाँले मुलुकको आमुल परिवर्तनको जिम्मा काङ्ग्रेसको काँधमा रहेको समेत दावी गर्नु भयो ।
स्याङ्जाको मल्याङ्कोट गाउँ विकास समिति वडा नंं. १ स्थित ज्याग्दीखोलामा मोटरेबल पुलको शिलान्यास गर्दै मन्त्री खडकाले २००७ सालदेखि जारी शान्ति प्रक्रियासम्म नेपाली काङ्ग्रेसले महत्वपूर्ण्ा भूमिका खेलेको जिकिर गर्नुभयो। मन्त्री खड्काले माओवादीले जातीयताको नाममा राज्य विभाजन गरेर नेपालको र्सार्वभौमिकतामा गम्भीर असर पुर्žयाएको आरोपसमेत लगाउनुभयो।
राज्यमन्त्री खड्काले विचार र सिद्धान्तमा कांग्रेस अगाडि रहेको भन्दै काङ्ग्रेसकै सफल नेतृत्वका कारण मात्र राजतन्त्रको अन्त्य भएको दाबी गर्नुभयो। उहाँले माओवादी सेनाको व्यवस्थापन नहुँदासम्म संविधान बन्न नसक्ने स्पष्ट पार्दै मन्त्री खड्काले नेपाली जनताले तिरेको करबाट माओवादीका सेना पाल्न नसकिने ठोकुवा गर्नुभयो । माओवादीको आफ्नै नेतृत्वमा मात्र संविधान निर्माण गर्न सकिन्छ भन्ने भनाई प्रति सङ्केत गर्दै खड्काले भन्नुभयो माओवादीको नेतृत्वले गर्न सक्ने भए माओवादी नेतृत्वको सरकारले ९ महिनासम्म किन केही गर्न नसकेको - उहाँको प्रश्न थियो।
कार्यक्रममा बोल्दै संविधान सभाका सभासद मोहनप्रसाद पाण्डेले तोकिएको समयमा संविधान निर्माण गर्न समय ढिला भईसकेको जानकारी गराउनु भयो। उहाँले आफू सदैव स्याङजाको विकास निर्माणमा लागि पर्ने स्पष्ट पार्नु भयो।
त्यस्तै नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति खगेन्द्रराज रेग्मी, सहसभापति कमलप्रसाद पंगेनी, उपसभापति बाबुराम गिरी, सचिव शिवकुमार गुरुङ, काङ्ग्रेस नेता गजेन्द्रप्रकाश मल्ल, नेविसंघ केन्द्रीय सदस्य युवराज पाण्डे, नेविसंघ स्याङ्जाका सभापति गुरुप्रसाद भट्टर्राईलगायतले बोल्नुभएको थियो। उक्त पूल २ करोड साठी लाखको लागतमा निर्माण कार्य गर्न लागिएको नेपाली काङ्ग्रेस स्याङ्जाका सचिव शिव गिरीले जानकारी दिनु भयो।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home