Tuesday, April 20, 2010

‘भारतसँगको सम्बन्ध सुधार्न सरकार क्रियाशील’

७ बैशाख, स्याङजा । स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रकरणपछि भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न सरकार क्रियाशील रहेको बताउनु भएको छ ।
एमआरपी छाप्न दिने पहिलेको निर्णय फिर्ता लिँदा भारतसँगको सम्बन्ध बिग्रिएको मन्त्री चौधरीको भनाई छ ।

नेपाल प्रेस युनियन स्याङ्जाद्वारा मंगलबार विहान वालिङमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले भन्नुभयो, ‘भारत र नेपालको सम्बन्ध एमआरपी प्रकरणले केही धमिलिएको छ, त्यसलाई सुधार्न सरकार प्रयत्नशील छ ।’
यसअघि उपप्रधान एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले पनि भारतसँगको सम्बन्ध सुधार्न नेपाल सरकारले माफि माग्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।
एक फरक प्रसंगमा मन्त्री चौधरीले एकीकृत नेकपा माओवादीको धम्कीले सरकार नढल्ने बताउनु भयो । ‘संसदले बहुमतका आधारमा निर्माण भएको सरकार बहुमत नपुगे मात्रै ढल्छ,’ उहाँले भन्नुभयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home