Saturday, April 17, 2010

शालिकग्रामधाम सेतीवेणीमा भक्तजनको र्घुर्इंचो

April 17, 2010
गल्याङ, २ वैशाख। ँदिगो शान्ति मानव कल्याण धर्म संस्कार, सांस्कृतिको संरक्षण र सर्म्वर्द्धन गरौ, विश्व विराट शालिकग्राम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरौं’ भन्ने उद्देश्यका साथ सञ्चालित श्रीमद्भावत सप्ताह ज्ञान महायज्ञमा भक्तजनको घँुइचो लागेको छ।

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तगतपर्ने गण्डकी, धौलागिरि र लुम्विनी अञ्चलका स्याङजा, पर्वत र गुल्मी जिल्ला, धौलागिरिका अन्नपुर्ण्ा, माछापुच्छे, हिमालको काख दामोदर कुण्ड शुन्दर दक्षिण कालिगण्डकी नदीको मध्य भागमा अवस्थित विश्वकै विराट शालिकग्राम शिला अध्ययन अवलोकन र त्यहाँ सञ्चालित महायज्ञ भ्रमर्ण्र्ाार्नको लागि स्याङजा, पाल्पा, बुटवल, भैरहवा, पर्वत, गुल्मी, पोखरा, काण्माडौदेखि भक्तजनको वृहत उपस्थिती रहेको थियो।

११०८ सत्यनारायण पूजा तथा श्रीमद्भागवत सत्यज्ञान महायज्ञमा अर्न्तराष्ट्रिय ख्याति प्राप्त वाचक बाल व्यास पण्डितर् इश्वरकृष्ण भुर्र्तेलज्यूले प्रवचन गरिरहनुभएको छ। वैशाख १ गते अर्न्तराष्ट्रियस्तरमा ख्याती प्राप्त नोबेल पुरस्कार प्राप्त पण्डित चन्द्रेश्वर महादेव प्रमुख अतिथिका रुपमा रहनु भएको थियो। स्याङजाको मिर्मीदेखि स्टीमरको प्रयोग गरि जलयात्रा गरेर स्याङ्जा, पाल्पा, रुपन्देही, नवलपरासी, गुल्मी, कास्कीलगायतका जिल्लबाट जाने करिब चारहजारदेखि पाँचहजारसम्म भक्तजनहरुले जलयात्रा गरेर शालिकग्राम शिलाको दर्शन गरेको कालीगण्डकी जल यातायात समितिले जानकारी दिएको थियो।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home