Monday, April 19, 2010

देशमा विकासका लागि लोकतान्त्रिक संविधान आवश्यक

April 19, 2010

गल्याङ, ५ वैशाख।सभासद् महोनप्रसाद पाण्डेले देशमा विकास गर्नको लागि लोकतान्त्रिक संविधान आवश्यक रहेको बताउनुभएको छ।
स्याङ्जाको निवुवाखर्क-८ स्थित कोपिला प्राविको २७ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्दै सभासद् पाण्डेले सबै वर्ग, जातजाति, समुदाय, लिङ्गका आधारमा सबैलाई समेटेर लोकतान्त्रिक संविधान बनाउन सकेको खण्डमा देशको समग्र विकासको बाटो खुल्ने बताउनुभयो।
उहाँले लोकतान्त्रिक संविधान निर्माणमा प्रतिवद्धता व्यक्त गर्दै सरकारले व्यहारिक वैज्ञानिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव शिवकुमार गिरी, निर्वतमान गाविस अध्यक्ष निमेन्द्रदेव थापा, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि माया राना, नेविसङ्घका केन्द्रीय सदस्य युवराज पाण्डे, नेपाल विद्यार्थी सङ्घ जिल्ला सभापति गुरुप्रसाद भट्टर्राई, समाजसेवी नेत्रप्रसाद पाण्डे, त्रिचन्द्र क्याम्पस स्ववियु कोषाध्यक्ष चन्दा अधिकारीलगायतले गुणस्तरीय शिक्षामा जोड दिंदै व्याहारकि, सीपमूलक तथा वैज्ञानिक शिक्षा लागु गर्नुपर्ने बताउनुभएको थियो।
विद्यालयका प्रअ र्सूर्यप्रसाद पाण्डेले विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने बताउँदै विद्यालयको आयव्यय प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त पाठकले गर्नुभएको थियो।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home