Tuesday, April 20, 2010

पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा दुईको मृत्यु

                                  
      स्याङ्जा, वैशाख ७ - पर्वतको लुङखुदेउरालीबाट पोखरा जाँदै गरेको ग १ ख १९०९ नम्वरको बस मंगलबार स्याङ्जाको फुलबारीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका लिङ्खुका ओम बहादुर मल्लको मात्र परिचय खुलेको छ । अर्की महिलाको सनाखत हुन सकेको छैन । बस सडकबाट ५० मिटर तल खसेको छ । घाइतेलाई उपचारको लागि पोखरा लगिदै छ । बसका चालक दीपेन्द्र परियार प्रहरी नियन्त्रणमा छन् ।

बसन्ती बाँस्तोला (Kantipur)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home