Tuesday, April 20, 2010

प्राइम बैँकका बैँकमा एक जना स्याङ्जा घर भएका सहित दुई गार्डको रहस्यमय मृत्यु

        काठमाडौँ, वैशाख ७ काठमाडौँको असन, कमलाक्षीमा रहेको प्राइम बैँकका दुई गार्डको रहस्यमय मृत्यु भएको छ। एक गार्ड मृत अवस्थामा भेटिएका थिए भने अर्का गार्ड बेहोस अवस्थामा भेटिएका थिए। उनलाई वीर अस्पतालमा उपचारका लागि लगिए पनि त्यहीँ मृत्यु भएको थियो।
 भूमिगत पार्किङमा सुतेको हुनाले अक्सिजन नपुगेर त्यसो भएको प्रारम्भिक अनुमान गरिएको डीएसपी लालमणि उद्‍धृत गर्दै नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्। विषाक्त खानाका कारण उनीहरुको मृत्यु भएको अनुमान पनि गरिएको छ।

मृतकमध्ये एक स्याङ्जा घर भएका ४४ वर्षका बमबहादुर गुरुङ हुन्। उनलाई वीर अस्पतालमा उपचारका लागि लग्ने क्रममा त्यहीँ मृत्यु भएको थियो। तनहुँ, दमौली घर भएका ५० वर्षीय टीकाबहादुर खड्कालाई भने मृत अवस्थामा फेला पारिएको थियो।
गुरुङको शव वीर अस्पतालमा खड्काको शव शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। पोस्टमार्टमपछि मात्रै मृत्युको कारण थाहा हुने आशा गरिएको छ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home