Saturday, May 22, 2010

युनिटी प्रकरण / वालिङमा अस्पतालमा तालावन्दी

            स्याङजा , जेष्ठ ८ - वालिङमा संचालनमा रहेको युनिटी अस्पतालमा प्रशासनले शिल गरि छानबीन सुरु गरेको छ । नेपाल सरकारले युनिटी नेटवर्क ब्यबसायबाट जनतालाइ ठगी गरेको भन्दै कारवाही प्रकृया सुरु गरेपति वालिङमा संचालित युनिटी अस्पतालमा रहेको भौतिक सम्पत्ति शिल गरेको हो ।
जिल्लामा रहेका युनिटीका सदस्यले पनि पैसा फिर्ता गर्नका लागि दवाब दिन प्रशासन समक्ष आग्रह गरेपछि प्रशासनद्धारा युनिटी अस्पतालमा शिलबन्दी गरि छानबिन प्रकृया अगाडी बढाइएको हो । १ वर्ष अघिदेखि युनिटी अस्पताल सञ्चालनमा आइरहेको थियो । जिल्लामा २० हजारभन्दा बढि सदस्य रहेको अनुमान गरीको छ ।
युनिटिका अध्यक्ष काशी प्रसाद गुरुङ यस जिल्लाको भएका कारण पनि यहाँ बढि सदस्य भएको अनुमान गरीएको छ । यहाँ आधिकारीक मानिस १२ जना छन् । उनीहरुको सकृयतामा वालिङमा अस्पताल समेत खोलिएको छ । उनीहरु अहिले मोवाईल स्विच अफ गरेर सम्पर्कविहीन बनेका छन् । युनिटीमा जिल्लाका सरकारी कार्यलयका प्रमुख देखि गाँउका विद्यार्थी समेत छन् । एउटा मानिस बनेपछि उसको नाममा आउने कमिसन नदिएर अर्को नातासंवन्ध पर्ने मानिसलाई सदस्य बनाउन उक्साउने गरेको विचारीचौताराका बालकृष्ण शर्माले बताए । उनले भने 'मेरो घरका मात्रै ४ जना सदस्य छौ ।' विपन्न परिवारका मानिस समेत ठूला मानिसले भनेको कुरा भनि हार्न नसकेर सदस्य बनेका छन् । बाङसिङका विनोद पौडेलले, 'गहना धितो राखेर सदस्य बनेको ' बताए । गहना र घरखेत समेत धितो राखेर बनेका मानिस अव विचल्लीमा पर्ने अवस्था आएको पौडेलले बताए । सरकारी कार्यलयका कर्मचारी, शिक्षक र गाविस सचिव नै सकृय रुपमा सदस्य बनाउदै हिडेका कारण गाँउका कुनाकाप्चासम्मका कृषक र विद्यार्थी समेत सदस्य बनेका छन् । नागरिकता सम्म नपाएका विद्यार्थी पनि सदस्य बनेका छन् ।

बसन्ती बाँस्तोला (Kantipur)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home