Sunday, May 30, 2010

पुरानो प्रश्नपत्र बाँडेर परीक्षा गराउने केन्द्राध्यक्ष कारबाहीमा

         १७ जेठ, स्याङजा । पुरानो प्रश्नपत्र बाँडेर कक्षा १२ को परीक्षा संचालन गर्ने स्याङ्जाको त्रिभुवन आदर्श उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष र पर्यबेक्षक कारबाहीमा परेका छन् । उच्च माध्यमिक शिक्षा परिषदद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा परीक्षा केन्द्रको लापरवाहीका कारण पुरानो प्रश्नपत्र बितरण गरेको भन्दै कारबाही गरीएको उच्च माध्यमिक शिक्षा परिषद पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराले जनाएको छ ।


स्याङ्जाको पुतलीबजारस्थित त्रिभुवन आदर्श उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष जीबलाल काफ्ले र पर्यबेक्षक मोती अर्यालले लापरवाही गरी परिषदले पठाएको नयाँ प्रश्नपत्रको सट्टा बैशाख १९ गतेको पुरानै प्रश्नपत्र बाँडेर परीक्षा सञ्चालन गरेपछि उक्त केन्द्रको परीक्षासमेत रद्द भएको थियो । परीक्षा रद्द भएपछि ६ विद्यालयका एकसय ६२ विद्यार्थीको परीक्षा अन्योलमा परेका थियो । गलत प्रश्नपत्र बाँडेर परीक्षा संचालन गर्ने केन्द्राध्य काफ्ले र पर्यबेक्षक अर्याललाई उच्च माध्यमिक शिक्षा परिषदले दुई बर्षका लागि कुनै पनि परीक्षा संचालनमा गर्न नपाउने गरि निलम्बन गरेको परिषदका पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराका प्रमुख विजेन्द्रकुमार राईले जानकारी दिनुभयो ।
परिषदले रद्द परीक्षा संचालनका लागि सोही विद्यालयका शिक्षक मुक्ति रेग्मीलाई केन्द्राध्यक्ष र घुरुङ्खा उच्च माविका शिक्षक हरि बस्याललाई पर्यबेक्षक तोकेको छ । पूरानो प्रश्नपत्रका कारण रद्द कक्षा १२ को परीक्षा २८ गते पुनः संचालन गर्ने निर्णय भएको परिषदले जनाएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home