Monday, May 31, 2010

पर्यटकिय गाउँका आमाहरु कहिल्यै थाक्दैनन

            प्रकाश डोटेल स्याङ्जा,           
  बिहानै सबेरै उठेर कुचो लिएर आफ्नो घर आँगन सफा गर्दै हिड्ने स्याङजा पञ्चमुल गाउँ विकास समिति स्थित सिरुवारीका महिलाहरु हिजो आज गाउँमा हुने सभा र सम्मेलनबाट आफ्नो गाउँलाई नेपालकै पहिलो नमुना ग्रामिण पर्यटकीय स्थललाई निरन्तर बनाइ राख्ने उदघोष गर्छन । गाउँका प्रत्येक भरमा शौचालय बनाऔ, घर आँगन सफा राखौ, भन्ने अभियानका साथ नेपाल भ्रमण वर्ष १९९८ बाट अगाडी बढेका गाउँका महिला तथा आमाहरुले छोटो समयमा नै आफ्नो गाउँलाई नमुना ग्रामिण पर्यटकीय स्थलको रुपमा विश्वभर चिनाउन सफल भएका थिए।


स्थानिय आमाहरुको सकृयतामा साना बालबालिकादेखि बृद्धबृद्धासम्मका स्थानियबासीले सिरुवारी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बाजा गाजा र फुलमाला सहित गरिने स्वागतले पर्यटकलाइ मख्ख पारीरहेका हुन्छन्।
सिरुवारीमा न कनै होटल छ, न कनै रेष्टुरेन्ट नै, गाउँमा घुम्न आउने जोकोहि पाहुनालाई गाउँमा समुह–समुहमा विभाजन गरेर स्थानीय स्तरमा उत्पादीत तथा तयार पारिएका खानेकुरा खुबाई पर्यटकलाई पारिवारिक वाताबरणमा राख्ने परम्पराको बिकास गर्नुले नै सिरुवारीको महत्व र पर्यटक बिच लोकप्रिय बन्न सफल भएको हो।
सिरुवारीमा घुम्न आउने पर्यटकलाई गरिने स्वागत र पारिवारिक वाताबरणमा गरिने सत्कार र गुरुङ संस्कृती झल्काउने खालका सांस्कृतीक कार्यक्रम नै सिरुवारीको महत्वपुर्ण बिशेषता रहेको स्थानिय आमाहरु बताउछन।
स्थानिय महिलाहरु भन्छन्, सिरुवारीमा आउने पर्यटकलाई राम्रो बेलेर र स्थानिय स्तरमा उत्पादन गरिएका स्थानिय परिकारहरु खुवाएर गाउको दृष्यहरु देखाउछौ। यहां घुम्न आउने नेपाली या बिदेशि सबैलाई एकै किसिमको माया ममता देखाएर राख्ने गरिएको नमूना पर्यटकीय गाउँका प्रवतक रुद्रमान गुरुङ् बताउंछन्।
पर्यटकलाई घर–घरमा समूहगत रुपमा छुट्टाएर खाना खुवाउने र बास बसाल्ने गरे वापत उनीहरुले राम्रौ आम्दानी समेत हुने गरेको बताउँछन्। एक समूहमा ३ देखि ५ जना हुने गर्दछ। उनीहरुका अनुसार एक समूहसँग एक रातको खाना र बासको ५ सय देखि ८ सयसम्म लिने गर्दछन्।
ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारीबाट पहाडी तथा हिम श्रृंखालाहरुको दृश्य तथा सूर्योदय र सूर्यास्त भएको दृश्य समेत देख्न सकिन्छ। सिरुवारी समुन्द्र सतहवाट १५ सय मिटर उचाइमा रहेकोले गर्मी मौसममा भ्रमण गर्न उत्तम मानिन्छ।
सिरुवारी आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएपनि त्यहाँका अधिक स्थानियवासी गाउँ छाडेर पोखरा, काठमाडौं बसाई सरेर गएका छन्। १९९८ मा नमूना पर्यटकीय गाउँ बन्दा सिरुवारीमा करिव ९० घर थियो, स्थानियवासी श्यामकाजी गुरुङ्ले भने, अहिले मात्रै ५० घर छ।
गत वर्ष सिरुवारी आउने पर्यटकको संख्या करिव १ हजार रहेको थियो। स्थानिय पर्यटन व्यवसायी जुमकाजी गुरुङ्का अनुसार यस वर्ष करिव ३ हजारको संख्यामा पर्यटक भित्रिएका थिए। नेपाल भ्रमण वर्ष २०११ लाई सफल बनाउन प्रचार–प्रसारको काम थालिएको गुरुङ्ले बताए। पर्यटकिय गाउँ सिरुवारी पुग्न सिद्धार्थ राजमार्गको पोखरा स्याङजा सडकखण्डमा नागडांडा कार्किनेटा जोडने कच्ची सडकको करिब ३० किलोमिटर दूरी पार गरेपछि नमूना पर्यटकीय गाउँ सिरुवारी पुग्न सकिन्छ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home