Thursday, June 3, 2010

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

             स्याङ्जा । कास्कीको पुम्दीभुम्दी गाविस वडा नं. ३ स्थित बुढीखोरियामा सोमबार भएको सवारी दुर्घटनामा श्रीमतीको मृत्युको हुनाको साथै श्रीमान घाइते हुनु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार कास्की आर्वाविजय गाविस-७ की ३० वषीर्या कल्पना बरालको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटना उहाँका श्रीमान बुद्ध्रि्रसाद बराल घाइते हुनु भएको छ। घाइते बरालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भै रहेको छ।
स्याङ्जाबाट पोखरातर्फआउँदै गरेको ना.३ ख ९६४७ नम्वरको बस र बुद्ध्रि्रसाद बरालले चलाउनु भएको ग.४ प ३६९६ नम्वरको मोटरसाइलक ठोक्किदाँ दुर्घटना भएको थियो। आफन्तलाई भेटेर बराल दम्पत्ती पुम्दीभुम्दीबाट पोखरा र्फकदै हुनुहुन्थ्यो। दुर्घटनापछि चालकले बसलाई सिंधै जिल्ला प्रहरी कार्यालय कास्की पुर्žयाएका थिए। घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home