Monday, May 31, 2010

अखाद्य बस्तु उत्पादन् र बिक्रि तीव्र

प्रकाश डोटेल स्याङ्जा, १७ जेठ

               स्याङ्जाका प्रमुख बजार क्षेत्रमा अखाद्य वस्तु मिसावट गरि उत्पादन गरिने घरेलु जुस, सरबत जस्ता पेय पदार्थको अवैध तवरले बिक्रिबितरण भईरहेको छ। मानवीय स्तरमा पर्ने असरको ख्यालै नगरी यसरि अखाद्य बस्तु मिसावट गरेर बजारमा बिक्रि हुदा समेत त्यस प्रति कसैको चासो गएको छैन्। स्थानिय प्रशासन र यसलाई हेर्ने निकायको अनुगमन फितलो भएका कारण स्याङजामा अवैध तवरले व्यवसाय गर्ने ब्याबसायीहरुले यसको फाइदा उठाइरहेका छन। भारतवाट अवैध तबरबाट ल्याइएका रंग तथा केमिकल प्रयोग गरेर उत्पादन गरिएका जुस, बरफ तथा अन्य पेय पदार्थ अहिले स्याङजाका बजारमा छ्याप छ्याप्ती पाईने गरेको छ।
सानो व्यवसाय होस, ठुलो व्यवसाय होस सबै व्यवसाय एव उद्योग धन्दा संचालन गर्दा संवन्धित निकायमा मात्रै दर्ता गरेर संचालनमा ल्याउनु पर्ने हुन्छ, तर अखाद्यय बस्तु मिसावट गर्ने व्यवसायीले नियम अनुसार गरेको पाईदैन्।
उत्पादन गरीएका पेयपदार्थ पानी उमालेर फिल्टर गरि उत्पादन गर्नुपर्ने हुन्छ। तर एक व्यापारीले उत्पादन गरेको उद्योगमा पुगेर संवाददाताले सोध्ने क्रममा हामीले यसरी नै उत्पादन गर्ने गरेको बताए। अत्यान्त्ौ फोहर पानीमा तथा फोहर ठाउँमा सरवत तथा जुस वनाइएको दृष्य देखिएको थियो।
अखाद्य पदार्थ बिक्रि बितरणमा रोक लगाउन स्थानिय प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयले वेवास्ता गरिरहेको उपभोक्ताहरुको गुनासो रहेको छ। उपभोक्ताहरु भन्छन्, देशको अवस्था अनुसार व्यवसायी फाईदा उठाएका छन्।
कुनै प्रक्रिया पुरा नगरी सजिलै उत्पादन गर्न सकिने र स–साना बच्चाका लागि सस्तोमा उपलब्ध हुने यस्ता जुस तथा अन्य गुणस्तरहिन पानीमा बिभिन्न केमिकल मिसावट गरि तयार पारिएका पेय पदार्थ उपयोग गरेकै कारण स–साना बच्चाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको वालिङ् प्राथामिक श्वास्थ्य केन्द्रका प्रमुख डा समाज गौतमले बताए। उनले भने –“केही समय यता फोहर पानीबाट बनाइएका यस्ता सामाग्रीका कारण बच्चामा टाइफाइड, जन्डिस, भाइरल हेपाटाइटिस जस्ता रोगको प्रकोप देखा परेको छ।
पेय पदार्थ उत्पादन गर्न अनुमति दिने र नियन्त्रण गर्ने निकाय भनेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले र जिल्ला प्रशासन कार्यालयबाट बजार अनुगमन गर्न नसक्दा स्याङजाका बिभिन्न बजारमा यस्ता बस्तु उत्पादन गरि फाइदा गर्ने ब्यबसायीको संख्या दिनानुदिन बढदै गइरहेको छ। जसले मानव स्वास्थमा खेलवाड गरिरहेको छ।
नेपाल सरकारले २०५४ साल देखि खाद्यवस्तु उत्पादकले अनिवार्य अनुमतीपत्र लिनुपर्ने ब्यबस्था गरेको छ तर स्याङजामा उत्पादन हुने अधिकांश बरफ उद्योग, मसला उद्योग, यस्ता जुस, सरवत, मिठाइ, चाउचाउ, दालमोठ लगायतका उत्पादकहरुले अनुमतीपत्र नलिइ र खाद्य वस्तुको परिक्षण नगरी उत्पादन गरिएका वस्तु बजारमा बिक्रिबितरण गरिरहदा प्रशासनले मौनता देखाइरहेको छ।
अर्को तर्फ भारतबाट आएर नेपालीकै नाममा उद्योग दर्ता गरेर यस्ता उद्योगहरु संचालनमा रहेका छन्। केही व्यवसायीले उद्योगको अनुमति पत्र लिए पनि पक्रिया पुरा नगरी उत्पादन गरेका छन् स्थानिय उत्पादक नै भन्छन्, केहि उद्योगहरु त खाद्य उद्योगमा दर्ता समेत नगरी संचालनमा आएका छन्।
नेपाल सरकारले नीति अन्तरगत न्युन गुणस्तरका खाद्यवस्तु भेटिए १ हजार जरिमाना र अखाद्यबस्तु मिसावट गरि उत्पादन गर्नेलाइ ५ देखि १० हजार रुपैया जरिमाना वा ६ महिना जेल सजायको ब्यबस्था गरिएको छ।

( दैनिकी )

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home