Thursday, June 3, 2010

बेवारिसे शव फेला

            वालिङ, १९ जेठ।स्याङ्जाको सेखाम गाविस ३ र रत्नपुर-८ को सीमानास्थित ज्याग्दीखोलामा बेवारिसे शव फेला परेको छ।वडा प्रहरी कार्यालयका अनुसार अन्दाजी ६०/६५ वर्षा पुरुषको शव ज्याग्दीखोलामा तैरिएको अवस्थामा मङ्गलबार साँझ फेला परेको थियो। पुरुषलाई कसैले मारेर फालेको वा आफै आत्महत्या गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शवको अहिलेसम्म सनाखत हुन सकेको छैन।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home