Monday, June 28, 2010

जिल्ला प्रशासन कार्यलय मार्फत किसानका प्रधानमन्त्री समक्ष ज्ञापन पत्र

         नेकपा एमालेको निकटको संगठन अखिल नेपाल किसान महासंघ स्याङ्जाको आयोजनामा आज जिल्ला प्रशासन कार्यलय मार्फत किसानका मागहरु सम्बोधन गरीयोस भन्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ । कृषिको योगदान बराबर कृषिक्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने, असार १५ लाई राष्ट्रिय किसान दिवश घोषण गर्नुपर्ने, मल, विउ र सिंचाइएमा पर्याप्त अनुदानको व्यवस्था गरी गुणस्तरीय र सर्वसुलभ ढंगले व्यवस्था गर्नुपर्ने लगायतका माहासंघले किसान हकहित र अधिकार सम्बन्धि अगाडि सारेका १२१ सुत्रिय मागहरु अविलम्ब पुरा गर्न माग गरेको छ ।
 ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीले किसानको माग सम्बन्धित पक्षसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । किसान महासंघको केन्द्रिय कार्यक्रम अन्र्तगत स्याङ्जामा पनि जिल्ला अध्यक्ष शिशराम पाठकको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा एमाले स्याङ्जाका सचिव पुण्य भुषल, अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य तथा अदुवा वेसार उत्पादक संघका केन्द्रिय अध्यक्ष रामबहादुर थापा, महिला किसान अध्यक्ष कमला थापा, तारा शर्मा, इन्द्रबहादुर राना लगायतको उपस्थिति रहेको जनाइएको छ । त्यस्तै भोलि असार १५ महासंघको आयोजनामा जिल्लामा धान रोपाई कार्यक्रम समेत गर्न लागिएको महासंघ स्याङ्जाले जनाएको छ ।

(स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home