Monday, June 28, 2010

भण्डारीको ५९ औ जन्मजयन्ती

       नेकपा एमाले स्याङ्जाको आयोजमा आज सदरमुकाम स्याङ्जाबजारमा तत्कालिन माहासचिव मदन भण्डारीको ५९ औ जन्मजयन्ती एक कार्यक्रमका साथ मनाएको छ । मदनआश्रीत भवनमा सम्पन्न एक प्रवचन कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तुलबहदुर गुरुङ्ले मदनभण्डारीको अभाव अहिले राष्ट्रले महशुस गरीरहेको बताउनुभएको थियो । कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, सहसचिव सुदिर पौडेल, सभासद पदमा अर्याल, नेकपा एमाले क्षेत्र नं. २ क्षेत्रिय कामिति उपाध्यक्ष ऋषि काफले, सिमा क्षेत्रि, देवी थापा, मोहन रेग्मी, राजेन्द्र डुम्रे, सन्तोष के.सी लगायतले मदन भण्डारीको विचार लगायतका विषयमा बोल्नुभएको थियो ।

(स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home