Monday, June 28, 2010

गाविस सचिवहरुलाई राजिनामा गर्न दबाब दिदै धम्की

       आफुहरु राजिनामा दिने मनस्थितिमा पुगेको भन्दै आज स्याङ्जाका गाविस सचिवहरुले स्थानिय विकास अधिकारी तथा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । जातिय मुत्तिमोर्चा नेपाल नामक एक अज्ञात समुहले गाविस सचिवहरुलाई राजिनामा गर्न दबाब दिदै धम्की पत्र पठाएपछि आफुहरु सुरक्षित नभएको भन्दै सो ज्ञापन पत्र बुझाइएको बताइएको छ । गाविस सचिवहरुको हत्या श्रखला नरोकिएको तथा सरकार उदासिन रहेको समेत ज्ञापन पत्रमा उललेख गरीएको छ । मोर्चाका महासचिव मुक्तिदाता भन्ने व्यत्तिले हस्ताक्षर गरीएका धम्की पत्र गाविस सचिवलाई आएको गाविस सचिव हकहित संरक्षण मंचका अध्यक्ष डार्विन लम्सालले जानकारी दिनुभयो ।

(स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home