Saturday, July 3, 2010

बलात्कार पछि बालिकाको हत्या

      २० असार, स्याङ्जा । स्याङ्जाको चित्रेभन्ज्याङ् गाउँ बिकास समितिमा एक बालिकालाई बलात्कार पछि हत्या गरिएको छ । चित्रेभन्ज्याङ् गाविस-३ बस्ने प्रकाश विककी सात वर्षीया छोरी हिमकला विकलाई टुकुञ्जेका १७ बर्षीय लालबहादुर सुचीकारले बलात्कार पछि हत्या गरेका हुन् ।

प्रहरी नियन्त्रणमा रहेका सुचीकारले अभियोग स्वीकारेको इलाका प्रहरी कार्यालय मग्याम चिसापानीले जनाएको छ ।
अबेरसम्म बालिका घर नफर्केपछि खोज्दै जाँदा नजिकको जंगलमा शव भेटिएको स्थानीयबासीले बताएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home