Tuesday, July 6, 2010

सजिवन खेती विस्तार सम्बन्धी तालिम सुरु

(लोकनाथ मरासिनी)

       स्याङ्जा, असार २१ - 'इन्धन खोज्न खाडिमा होइन झाडिमा जाऔ' भन्ने नाराका साथमा जिल्लामा बैकल्पिक उर्जाको प्रर्वद्धन गर्ने उद्देश्ले स्याङ्जा सदरमुकाममा ३ दिने सजिवन खेती विस्तार सम्बन्धी तालिम सुरु भएको छ । जिल्लाका विभिन्न ग्रामिण गाविसहरुमा विभिन्न समुह उपभोक्ता समिति तथा सहकारीहरुमा अबद्ध भएका सकि्रय व्यक्तिहरुको सहभागिता रहेको ३ दिने तालिममा सजिवन खेतीलाई जिल्लामा विस्तार गर्दै वायोडिजलको प्रयोग बढाउने उद्देश्य रहेको जनाइएको छ ।
जिल्ला उर्जा तथा वातावरण इकाई जिविस स्याङ्जाको आयोजनामा संचालित कार्यक्रमको उद्घाटन गर्दै स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले आफ्नै देशमा भएको उर्जालाई सदुपयोग गर्न नसक्दा इन्धनमा मात्रै नेपालको ठुलो धनराशि खर्च भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।
सहभागिहरुलाई तालिममा सिकेका कुराहरुलाई आफ्नो गाउँठाउँमा सबैलाई जानकारी गराउन अनुरोध समेत गर्नुभएको थियो । तालिममा आज साझेदारी संस्था विश्वासका प्रतिनिधि शेखर अधिकारीले नेपालमा उत्पादित सजिवनबाट वयोडिजल ३० देखि ४० प्रतिशतसम्म उत्पादन गर्न सकिने जानकारी गराए । तालिमको उद्घाटन सत्रको राष्ट्रिय उर्जा तथा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र स्याङ्जाका अधिकृत केदार पाण्डेले संचालन गरेको केन्द्रका रमेश मरासिनीले जनाउनु भएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home