Saturday, July 24, 2010

नयाँ संविधान बन्नेमा आशंका हुनु विडम्बना- तुलाधर

(लोकनाथ मरासिनी)

       साउन ६ स्याङ्जा - वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले प्रमुख दलहरुबीचको खिचातानीले थपिएको एकवर्षमा पनि नयाँ संविधान बन्नेमा आशंका सृजना हुनुमा विडम्वना भएको बताएका छन् । मानव आधिकार संरक्षण माच स्याङ्जाको आयोजनामा स्याङ्जा सदरमुकाममा बिहिबार गरिएको शान्ति प्रकि्रया र संविधान निर्माण सम्वन्धी चुनौति र अपेक्षा विषयक अन्तकि्रया कार्यक्रममा बोल्दै उनले संक्रमणकालीन विशेष अबस्थाभएकाले बहुमतको सरकार नभई राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।
तुलाधरले सहमतिको विकल्प छैन भन्ने प्रमुख दलका नेताहरु विकल्परहित हुन नसक्नुमा आपसी विश्वासको अभाव रहेको बताउँदै -सबैमा रहेको अविश्वासको घेरा तोडेर अगाडि बढन सुझाव दिए । राष्ट्रियतासँग जोडिएका कुराहरु बेलाबेलामा उठाइने गरेको भएपनि गौरवशाली इतिहास बोकेको मुलुक नेपाल विदेशीको चलखेल र हस्तक्षेपको प्रभावबाट मुक्त हुन नसकेको तुलाधरको भनाई थियो । एकिकृत नेकपा माओवादी नेपाली काँग्रेस र नेकपा एमाले सहमतिको आधारमा सरकारमा सहभागी हुनुपर्ने बताउदै भुतपुर्व स्वास्थ्यमन्त्रि समेत रहेका तुलाधरले -प्रमुख तीन दल विभाजित हुँदा राज्यपुनस्रंरचना शासकीय स्वरुप लगायत मुद्धा पारित हुने नसकेको बताए । सहजकर्ता बेगर गरिएको जेठ १४ गतेको तीनबुँदे सहमति दलहरुले आ-आफनो अनुकुल व्याख्या गरेको तुलाधरको आरोप थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादी स्याङ्जाका सचिवालय सदस्य शोभाखर ढकाल नेपाली काँग्रेस स्याङ्जाका सभापति खगेन्द्रराज रेग्मी नेकपा एमालेका उपाध्यक्ष खड्क बहादुर बिकले असहमतिका बीचमा वलियो मध्यस्थकर्ताको अभावमा शान्ति प्रकि्रया अन्यौलमा परेको धारण राखेका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home