Thursday, July 22, 2010

कांग्रेसको जिल्ला भेला सम्पन्न

(लोकनाथ मरासिनी)

      साउन ५ स्याङ्जा -नेपालि कांग्रेसको १२ औ माहाधिवेशनको तयारीको शिलशिलामा आज स्याङ्जा सदरमुकाममा पार्टिको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले जिल्ला सभापति खगेन्द्रराज रेग्मीको संयोजकत्वमा १ हजार १ सदस्यीय जिल्ला अधिवेशन तयारी समिति गठन गरेको छ । भेलाले नेपालि कांग्रेसको विधान निर्देशिका केन्द्रिय समितिको निर्देशन र लोकतान्त्रिक पद्धतिअनुसार पार्टिको १२ औ महाधिवेशनको शिलशिलामा जिल्लामा हुने सबै निकायका अधिवेशन पुर्ण लोकतान्त्रीक रुपबाट सम्पन्न गर्न पार्टिका सबै भातृ संगठन र सुभेच्छुक संस्थालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
केन्द्रिय कार्यक्रम अनुसार जिल्ला अधिवेशन यहि साउन १७ गते हुदैछ । सम्पन्न भेलामा नेपाली कांग्रेस स्याङ्जाका सह सभापति कमलप्रसाद पंगेनि उप सभापति जगतबन्धु अर्याल छायाराम खनाल सचिव शिव गिरी सहसचिव कृष्ण अर्याल शंकर पाण्डे मोहनी पौडेल भोजराज अर्याल तुलसी गिरी लक्ष्मी रेग्मी कमल खडका लक्ष्मण भटटराई धु्रव पंगेनि राजकुमारी गुरुङ् मनप्रसाद गुरुङ् चन्द्रमडि पौडेल लगायतले जिल्ला अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि धारण राख्नुभएको थियो । भेलाका अध्यक्षता नेपालि कांग्रेस स्याङ्जाका सभापति खगेन्द्रराज रेग्मीले गर्नुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home