Thursday, July 22, 2010

मालपोत कार्यलय स्याङ्जाद्धारा लक्ष्य भन्दा बढि राजस्व संकलन

(लोकनाथ मरासिनी)

         साउन ५, स्याङ्जा -जिल्ला मालपोत कार्यलय स्याङ्जाले आर्थिक वर्ष ०६६/६७ मा लक्ष्य भन्दा ८०.६४ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको छ । ९० लाख ८४ हजार रुपैयाको लक्ष्य राखेको मालपोतले कार्यलयले अर्थिक वर्षको अन्तयसम्म १ करोड ६४ लाख ९ हजार ८ सय ८२ रुपैया संकलन गर्दै लक्ष्य भन्दा १५ लाख ६५ हजार ८ सय ८२ रुपैया संकलन गर्दै १८०.६४ प्रतिशत प्रगति गर्न सफल भएको हो ।
जिल्ला मालपोत कार्यलय स्याङ्जाले दिएको जानकारी अनुसार गत आ व ६६/६७ मा घर जग्गा रजिष्ट्रशन मार्फत १ करोड ६० लाख ६ सय ९२, सेवा शुल्क बापत २ हजार २ सय २५, न्यायीक शुल्क बापत १ लाख ९८ हजार १ सय ४०, रातोपुर्जा विक्रबाट १ लाख १ सय ६५, बेरुजु रकम ६ सय र अन्य ३७ हजार गरी उक्त राजस्व संकलन गरीएको हो । यस्तै गरी जिल्ला मालपोत कार्यलय स्ययाङ्गजाबाट आ ब ६६/६७ मा १ हजार ४ सय ९५ जना महिलाको नाममा लिखित पास गरेकाले महिलालाई दिएको पास खर्च छुट २६ लाख ३६ हजार ४ सय ३१ र ३ जना दलित अपाङ्गहरुलाइ पास खर्चमा १ हजार ७ सय ९५ छुट दिइएको लेखा अधिकृत अनन्तराज मरासिनीले जनाकारी गराउनुभएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home