Thursday, July 22, 2010

साउनको पहिलो हप्तामा रोपाइँ सुरु

     स्याङ्जा, ६ साउन । साउन महिनाको सुरुसँगै पर्याप्त वर्षा भएपछि पश्चिम स्याङ्जजामा बल्ल रोपाइँ सुरु भएको छ ।

विगतका वर्षहरुमा असारको तेस्रो सातामा अधिकांश स्याङ्जावासीले रोपाइँ सकिसक्ने गरेकोमा पश्चिम स्याङ्जाका जगत्रदेवी तुलसीभाज्याङ मालुङ्गा चापाकोट सेखाम साँखर तीनदोबाटे पकवादी वालिङ नगरपालिका दार्सिङ दहथुमलगायत दर्जनौँ गाविसका कृषकले बल्ल धान तथा कोदो रोप्न सुरु गरेका छन् ।
विगतमा असारको २०, २२ सम्ममा रोपाइँ सकिसकिन्थ्यो तर यस वर्ष पर्याप्त वर्षा नभएर रोपाइँ गर्न नसकेको स्याङ्जा वालिङ-८ त्रियासीका कृषक खेमनारायण रेग्मीले बताउनुभयो ।
त्यसो त समयमा वर्षा हुँन नसक्दा कृषकले नगदेबालीको रुपमा लगाउँदै आएको गोलभेँडा खेतीसमेत प्रभावित भएको कृषकहरुले बताएका छन् ।
विगतमा यो समयमा रोपाइँ सकेर बाँकी रहेको जमिनमा गोलभेंडा खेती गरिन्थ्यो अहिले गोलभेंेडा लगाउँने बेलामा रोपाइँ गर्नुपरेको त्रियासी कृषि उपज सहकारी संस्थाका अध्यक्ष केदार काफ्लेले बताउनुभयो ।
विगतमा झण्डै ५० टन वर्षे गोलभेंडा संस्थाले बाहिर निकासी गर्ने गरेको उहाँको भनाइ थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home