Thursday, July 22, 2010

चिनमायालाई एल. आई. सी. द्वारा चेक हस्तान्तरण

(विवि आले)
      स्याङजा, साउन ५ - एल. आई. सी. नेपालले कालगतीबाट मृत्यु भएका मानबहादुर थापा क्षेत्रीको धर्मपत्नी चिनमाया थापा क्षेत्रीलाई मल्याङकोट-४ च्यारे स्याङ्गजामा एक कार्यक्रमको आयोजना गरी यही साउन १ गते शुक्रबारका दिन १ लाख ६ हजारको चेक हस्तान्तरण गरेको छ । मल्याङ्गकोट-४ च्यारे स्याङ्गजा स्थायी घर भई ४८ वर्षका थापा क्षेत्रीको घरमै कालगतीले मृत्यु भएपछि गा।वि।स।सचिव नारायणराज पौड्यालका विशेष उपस्थितिमा कम्पनी एजेन्सी कार्यालयका बजार प्रमुखहरु सुनिल खड्का नेत्रबहादुर। राउत यादवकुमार श्रेष्ठ र साचारकर्मी गोविन्द खड्काको उपस्थितिमा एजेन्सीका बजार प्रमुख रुकबहादुर गुरुङले उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।
मृतक थापा क्षेत्रीले १ लाखको सावधिक जीवन वीमा गराई जम्मा अर्धवार्षिक रुपमा तीन किस्ता रु। १३ हजार आठ सय रुपैयाँ जम्मा गर्नु भएको थियो । यदि दुर्घट्ना भई मृत्यु भएको भए १ लाख जीवन वीमा र १ लाख दुर्घटना वीमा गरी २ लाख पाउनेमा कालगतिलॆ मृत्यु भएको कारणले १ लाख विमा रकम र बोनस ६ हजार गरी जम्मा एकमुष्ट चेक हस्तान्तरण गरेको एल।आई।सी।नेपाल लि।एजेन्सीका बजार प्रमुख गुरुङ्गले बताउनु भयो ।
त्यसैगरी यदि थापा क्षेत्री नेपालको कानुन अनुसार कुनै घटना घटेर स्थायी अशक्तता भई काम गरेर खान नसक्ने अवस्था भएको भए डाक्टरको सिफारिसको आधारमा १ लाख कम्पनीले बसेर खान दिन्थ्यो र बाँकी अवधिको किस्ता रकम पनि कम्पनी स्वयम्ले जम्मा गरिदिन्थ्यो र अवधि पुगेपछि सद्दे हुँदा जेजति सुविधा पाउने हो त्यो सम्पूर्ण सुविधा क्षेत्रीले पाउथे ।
मृतक क्षेत्रीकी श्रीमती चिनमाया थापा क्षेत्रीले उक्त १ लाख ६ हजार रकमको चेक पाएपछि आफ्नो आपत विपतको सहारा यही रकम भएको बताउँदै आफ्ना छोराहरुलाई पढाउन र हुर्काउन र स्वयं आफुलाई पनि केही गरेर खान ठूलो राहत मिलेको बताउनुभयो । उक्त कार्यक्रममा वीमाको बारेमा प्रकाश पार्दै वीमाको चेतना सबै जनमानसमा छर्न सकेमा सबैमा बचत गर्ने बानी बस्थ्यो र आर्थिक अवस्था सबैको उज्जवल हुन्थ्यो भन्दै आपत विपत परेको बेलामा आश्रीत परिवारलाई ठूलो राहत हुने कुरा एजेन्सीका बजार प्रमुखहरुले जानकारी गराउनु भयो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home