Thursday, July 22, 2010

स्याङ्जामा होम टिभिको सफल परिक्षण

(लोकनाथ मरासिनी)

     साउन ५ स्याङ्जा - विना तारा घरघरमा ७० भन्दा बढि च्यानलहरु हेर्न पाइने होम टेलिभिजनले स्याङ्जामा सफल परिक्षण प्रसारण गरेको छ । स्याङ्जाको बालिङ् मालुङ्गा तथा सदरमुकाम स्याङ्जा बजारको सहिद चोकमा उक्त टिभीले सफल प्ररिक्षण प्रसारण गरेको हो । परिक्षण गरीएका स्थानहरुमा होम टीभीको सानो डिस्कबाट ८० र ठुलोबाट ८३ च्यानल संकेत भेटिएको होम टीभी स्याङ्जाका वितरक गोविन्द शर्माले जानकारी दिनुभयो । परीक्षणको क्रममा स्याङ्जा सदरमुकाममा कार्यालय स्थापना गरी साचालन गरिन लागेको होम टीभी आगामी १५ दिनभित्र प्रसारणमा ल्याइने समेत शर्माले जानकारी दिनुभयो । यसरी विना तारको डिस्कबाट टे्लिभिजन प्रसारणमा आएपछि ग्रमिण इलाका तथा सहरी भेगका समेत दर्शकहरुले सफा र सहज रुपमा टेलिभिजन हर्न पाउने भएका छन् । नेपालभरीनै अहिले यस्ता दुईओट टेलिभिजन च्यानलहरु परिक्षण प्रसारणमा रहेका छन् भने अन्य दुइओटाले पनि इजाजत प्रप्त गरी तयारीमा रहेका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home