Wednesday, January 19, 2011

मुक्तिनाथ बैंक साढे तीन करोड नाफामा

प्रकाश डोटेल स्याङ्जा–५, माघ
२०६३ सालमा जिल्लामा पहिलो विकास बैंकका रुपमा स्थापित मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०६७/०६८ को पहिलो छ महिनामा तीन करोड ५० लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक अरब ५८ करोड निक्षेप संकलन गर्दै एक अरब ४३ करोड कर्जा लगानी गरेर उक्त मुनाफा आर्जन गरेको हो । कुल लगानीको ३५ प्रतिशत रकम लघुवित्त क्षेत्रमा लगानी रहेको बैंकले बताएको छ ।
स्याङ्जा, कास्की र तनहुँमा गरि तीन जिल्लामा बैंकिङ्ग कारोबार संचालन गर्दै आएको बैंकले केहि समयभित्रमा थप जिल्लामा कारोबार विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताएका छन् ।
बैंकले सात करोड बराबरको सर्वसाधारण शेयर निस्कासन गर्न एस क्यापिटल लिमिटेडसँग सम्झौता गरि धितोपत्र बोर्डमा दर्ता समेत गरेको बताएको छ । १३ करोड चुक्ता पुँजी रहेको बैंकको जारी पुँजी २० करोड र अधिकृत पुँजी एक अरब रहेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home