Monday, January 10, 2011

पाँच वर्षभत्र स्याङ्जा दुर्व्यासनी मुक्त जिल्ला हुने

प्रकाश डोटेल/स्याङ्जा,२५ पौष
युवा वर्गहरुको जटिल समस्याका रुपमा रहेको दुर्व्यासनीको कुलतमा दिनप्रदिन युवाहरु फस्दै गईरहेको अवस्थामा जिल्ला सदरमुकाम पुतलीबजारमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आगामी पाँच वर्षभित्रमा स्याङ्जालाई दुर्व्यासनी मुक्त जिल्ला बनाउने प्रतिवद्धता जनाएका छन् ।
जिल्लामा क्रियाशिल युवाहरुको बि-फाईभ समुह स्याङ्जा संस्थाले आयोजना गरेको एच.आई.भी. एड्स तथा दुर्व्यासनी न्युनिकरण र निवारणमा तपाई हाम्रो भुमिका विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले अभियानलाई सफल बनाउने बताएका थिए ।
विश्वमा विकराल रुप लिदै गएको एच.आई.भी.र दुर्व्यासनीलाई न्युनिकरण तथा निवारण गर्ने तर्फस्थानिय युवाहरुले देखाएको सक्रियतालाई ध्यानमा राख्दै स्थानिय राजनीतिक दल, प्रशासन तथा सुरक्षा निकाय र नागरिक समाजले दुर्व्यासनी मुक्त जिल्ला बनाउनमा अभियानमा पूर्ण रुपमा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले एच.आई.भी. एड्स न्युनिकरण गर्न मानवीय सुरक्षित गतिविधि र विदेशीने जनशक्तिलाई सचेतनाको अभियानमा समाबेश गर्नुपर्ने बताए ।
दुर्व्यासनीमा लागेकालाई सरकारी तबरबाट कारबाही गर्नमा कानुनी प्रावधान कडा नभएको स्पष्ट पार्दै प्रजिअ वलीले दुर्व्यासनी निवारण गर्नमा परिवार र समाजको महत्वपूर्ण जिम्मेवारी रहेकोमा जोड दिए ।
स्याङ्जामा विषेश गरि पोखरा र बुटवल क्षेत्रबाट लागु औषधका सामाग्रीहरु आउने भएको हुदा त्यसको नियन्त्रणमा लाग्न प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदीले युवाहरुलाई आग्रह गरे । उनले जिल्लामा करिव ५ सयको हाराहारीमा दुर्व्यासनीको संख्या रहेको दावी गरे ।
अन्तरक्रियामा बोल्दै युवा समाजसेवि राजु थापाले लागुऔषधको कुलतमा लाग्ने युवा वर्ग नै त्यस विरुद्ध लागेको अवस्थामा राज्यले नीतिगत रुपमा यसको नियन्त्रणमा चासो राख्नुपर्नेमा जोड दिए । लागुऔषधको दुर्व्यासनीमा लागेकालाई सतमार्गमा ल्याउन समाजका हरेक वर्गले सकारात्मक सहयोग गर्नुपर्नेमा थापाले जोड थियो ।
त्यस अवसरमा दुर्व्यासनीमा लागेर पुनर्जीवन प्राप्त गर्दै दुर्व्यासनी विरुद्धको अभियानमा संलग्न स्थानिय नविन अर्याल र कुम्भराज गुरुङ् युवालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुले दुर्व्यासनीको समय र वर्तमान जीवनका बारेमा बोलेका थिए ।
एकीकृत नेकपा माओवादी शिव पौडेल, नेपाली काँग्रेसका मुन्ना सेख, स्थानिय विकास अधिकारी रामजी बराल, डा. तारानाथ पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्साल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले दुर्व्यासनी निवारणमा युवाहरुको सहभागिता अनिवार्य भएको बताए ।
स्थानिय समाजसेवि पोमनारायण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संकल्प समुहका लक्ष्मण खाँण, सैदुद्धिन मियाँ, नारायण लम्साल लगाएतका वक्ताहरुले बोलेका थिए । अभियानलाई सफल बनाउन युवाहरुको बि-फाईभ समुहलाई विधिवत रुपमा दर्ता गरिने भएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home