Monday, January 10, 2011

राम्दी-देबघाट जलयात्रा सम्भाव्यता अध्ययन सम्पन्न

प्रकाश डोटेल/स्याङ्जा,२७ पौष
पर्यटन बर्ष२०११ को शुभारम्भसगै कालीगण्डकी नदीको रामनदीधाम(राम्दीघाट)-देबघाट क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र र जलयात्रा (र्‍याफ्टिङ्ग) को पाँच दिने सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।
नदीको जलाशयबाट देखिने उत्तरमा स्याङ्गजा, तनहुँ र दक्षिणमा पाल्पा, नवलपरासीका मनोरम दृश्य, नदी किनारमा रहेका ऐतिहासिक धार्मिक स्थलको दृश्य अबलोकन गर्राई यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा बिकसित गर्ने उद्देश्यले कालीगण्डकी रामनदीधाम(राम्दीधाट)-देबघाटसम्मको जलयात्रा (र्‍याफ्टिङ्ग) २०६७ को अध्ययन गरिएको हो ।
जलयात्रा (र्‍याफ्टिङ्ग) टोलीलाई अध्ययन अवधिमा कालीगण्डकी नदी क्षेत्रका करिब दुईदर्जन बढी घाटहरुमा स्थानियबासीले आफ्नो संस्कृति र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गर्दै स्वागत र विदाई गरेका थिए ।
स्याङ्जा, पाल्पा, तनहुँ, नवलपरासी र चितवनको झण्डै एकसय ५० किलोमिटरको लामो दुरीको कालीगण्डकीको यस खण्डमा जलयात्रा र अन्य पर्यटन क्षेत्रको बिकास गर्ने उद्देश्यले अध्ययन अबलोकन गरिएको थियो ।
छ ठुला र दुई साना बोटमा अध्ययन गर्न निस्केको करिव ४० जनाको टोलीले अध्ययन क्षेत्रका बोटे, माझी, कुमाल समुदायको बाहुल्य रहेको नदी किनार गण्डकीबेशीको पहिचान लोपोन्मुख दरै, मगर समुदायको संस्कृति, मारुनी, कौरा नाच, नौमतीबाजा, भजन-कृतन लगायत आफ्नो लोकसंस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
सुन्दर पहाडको खोचबाट नागबेली बनेर बगेको कालीगण्डकी नदीको मनोरम दृश्य र त्यहँ बसोबास गर्ने स्थानियबासीका कला-सांस्कृति पहिचानका बारेमा जलयात्रामा स्देवशी तथा बिदेशी पर्यटकले चासो लिएको तनहुँ घिरिङ्गसुन्धाराका स्थानियबासी बिरबहादुर बिसीले बताए ।
सम्भाव्यता अध्ययन टोलीले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुरलाई कृषि पर्यटक क्षेत्रका रुपमा विकास गर्न सकिने बताएको छ । टोलीले तनहुँको राम्जाकोट स्थित लोपोन्मुख गिद्धको बासस्थान, डेढगाउँको चमेरेगुफा, आकला गुफा, अकला देबिस्थान, स्यालपानी गुफा लगायत क्षेत्रको अध्ययन अबलोकन गरी सरकार समक्ष आफ्नो प्रतिवेदन दिने प्रतिवद्धता जनाएका छन् ।
स्याङ्जाको ऐतिहासिक धार्मिक क्षेत्र रामनदीधाम बाट पुष २१ बाट शुरु भएको जलयात्रा टोलीले अर्सदीघाट, हुँगीघाट, माझीगाउँ, रत्नपुरको खोरियाघाट, रामपुरको गौरीघाट, तातोपानीघाट, रामघाट, केलादीधाम, पुट्टारघाट, हडाहाघाट, अत्रौलीघाट, खर्सराघाट, तनहुँ नवलपरासीको संगम साघुरीघाट, कोटथर, लगाएतका क्षेत्रको अध्ययन गरि आईतबार सम्पन्न भएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home