Monday, January 10, 2011

अनेरास्ववियुको २ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

(लोकनाथ मरासिनी)
स्याङ्जा, २५ पौष -  
नेकपा एमले निकटको विद्यार्थि संगठन अनेरास्ववियु स्याङ्जा क्षेत्र नं। २ को २ दिने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम वालिङ्मा सम्पन्न भएको छ । कार्यकर्ताहरुलाई बैचारीक हिसाबले अझै शसक्त र जुझारु बनाउने उद्धेश्यले वालिङ् बहुमुखि क्याम्पसमा प्रशिक्षण प्रदान गरीएको अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।
कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुलीले माक्स्रवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षण भेलामा बोल्दै अध्यक्ष पराजुलिले विद्यार्थिहरुमा राजनितिक ज्ञानको आवश्यकता औलाउनुभयो ।

भेलामा प्रमुख प्रशिक्षक समेत रहनुभएका अनेरास्ववियु केन्द्रिय महासचिव किशोरविक्रम मल्लले बर्तमान परिस्थीतिमा अनेरास्ववियुको भुमिका र भावि रणनितिका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।

त्यस्तै अनेरास्ववियु केन्द्रिय सदस्य एवं पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियु सचिव दिलिप न्यौपनेले संगठन निर्माण र परिचालन सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभयो ।
क्षेत्र नं. २ का २१ वटा शैक्षिक संस्थाका गरी १०० भन्दा बढिको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य तथा त्रिभुवन आदर्श बहुमखि क्याम्पस स्याङ्जाका स्ववियु सभापति घनश्यामा सुवेदी, एमाले युवा नेता तथा राष्ट्रिय खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य मोहन रेग्मी लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरोज यादव एमाले स्याङ्जा क्षेत्र नं। २ का क्षेत्रिय अध्यक्ष कृष्ण खाड युवा संघ नेपाल जिल्ला कमिटि सचिव दामोदर तिवारी अनेरास्ववियु जिल्ला अध्यक्ष नारायण भटट्राई वालिङ् बहुमखि क्याम्पस स्ववियु उपसभापति जग्गनाथ भटटराई अनेरास्ववियु क्षेत्र नं। १ का अध्यक्ष पारस गौतम लगायतले बोल्नुभएको थियो ।

सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन अनेरास्ववियु जिल्ला कमिटि सचिव थिरलाल न्यौपानेले गर्नुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home